सिन्डिकेटधारीलाई गलाउन विरोधीलाई फकाउँदै सरकार

  २०७५ वैशाख १० गते १६:५५     विकासन्युज

काठमाडौं । सिन्डिकेटको विरोध गर्दै आएका नेपाल राष्ट्रिय यातायात सर्वाेच्च महासंघले सरकारसँग वार्ता गर्ने भएको छ । यातायात नविकरण र पञ्जिकरणमा विवाद देखिएपछि व्यवसायीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठसँग वार्ता गर्न लागेका हुन् ।

यातायात सञ्चालनका लागि नविकरण र पञ्जिकरणका लागि सहजीकरणको माग गर्दै व्यावसायीले यातायात मन्त्रीसँग छलफल गर्न लागेका हुन् । व्यवसायीहरु सिन्डिकेट अन्त्यको समर्थन गर्दै नविकरणमा र पञ्जिकरणमा सहज बनाउन माग गरिरहेका छन् भने सरकार आन्दोलनरत व्यवसायीलाई गलाउन विरोधी व्यवसायीहरुलाई प्रयोग गर्ने तयारी गरिरहेका छन् ।

यातायात व्यवसायी महासंघका अध्यक्ष विस्णु शिवाकोटीका अनुसार मंगलबार यातायात मन्त्री महासेठले वार्तामा बोलाएको बताए । वार्तामा यातायात क्षेत्रमा रहेको समस्याको विषयमा कुरा हुने र सवारी ऐन २०४९ अनुसार सवारी नविकरण र पञ्जिकरणको विषयमा छलफल हुने शिवाकोटीले जानकारी दिए ।

२० वर्ष पुगिसकेका सवारी धनिलाई पुन सवारी खरिदको लागि सरकारले राजस्व छुटको व्यवस्था मिलाउनु पर्ने २० वर्ष पुराना गाडीको जाँच पास भए सञ्चालन गर्न पाउनु पर्ने माग व्यवसायीहरुले गरेका छन् ।

यातायात व्यवस्था विभागले भने पञ्जिकरणका लागि आवश्यक मापदण्ड पुरा गर्नुपर्ने जनाएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकृत तुलसीराम अर्यालका अनुसार पञ्जिकरणका लागि अहिले सम्म १२३ कम्पनी आइसकेका छन् । तोकिएको मापदण्ड नभए पञ्जिकरण गर्न सकिदैंन, विभागले गर्ने सबै कार्यहरु विभागले गरेको संशोधित निर्देशिका कार्यविधी अनुसार नै अगाडी बढ्ने बताए । नयाँ कम्पनी दर्ता हुनका लागि अहिले विभागमा भिड हुने गरेको अर्यालले बताए ।

कम्पनीको रुपमा दर्ता भएका सबै व्यवसायीले बन्दको बेला सवारी सञ्चालन गर्ने यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि यातायात मार्फत रहेको २१० कम्पनीको करिब ५५ हजार सवारी साधन सिन्डिकेटधारीको बन्दमा पनि सञ्चालन गर्ने तयारी गरेको छ ।

सिन्डिकेटको माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई भने अहिलेसम्म सरकारले वार्तामा बोलाएको छैन । उहरुले १२ गते सिन्डिकेटको पक्षमा रहेका सबै सवारीलाई बिना रुट सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै गृह मन्त्रालयले भने यातायात नियम मिच्नेलाई सेना प्रहरी लगाएर कारबाही गर्ने तयारी गरेको छ ।

सर्वोच्च महासंघमा आवद्ध २१० कम्पनीका करिब ५५ हजार सवारीले सिन्डिकेटधारीको बन्दमा सवारी सञ्चालन गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.