कैलाश विकास बैंकको ४८औँ शाखा सञ्चालनमा

  २०७५ वैशाख ३ गते १८:२४     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले ४८औँ शाखा बारा जिल्लाको गंजभवानीपुरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट बैशाख ३ गते (आज) सोमवारदेखि कारोवार शुभारम्भ गरेको हो ।

उक्त शाखाको शुभारम्भ महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानुको बाहुलीबाट एक समारोहका बिच सुसम्पन्न भयो । उक्त कार्यक्रममा यसै संस्थाका सिनियर एक्ज्यूकेटिभ कृष्णगोपाल मानन्धरले यस संस्थाले वित्तिय क्षेत्रमा पुर्याएको योगदानको वारेमा प्रकाश पारेका थिए ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४८ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.