युएस बंगला विमान दुर्घटनाः तथ्य पत्ता लाग्न १५० दिन कुर्नुपर्ने

  २०७४ फागुन २९ गते १८:०५     विकासन्युज

काठमाडौं । युएस बंगला विमान दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन १५० दिन कुर्नुपर्ने भएको छ । सरकारले गठन गरेको छानविन आयोगले आफ्नो प्रतिवेदन १५० दिन पछि मात्रै तयार गर्ने र सो प्रतिवेदन तयार नहुँदासम्म बिमान दुर्घटनको कारण नखुल्ने स्पष्ट भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुर्घटनाको तथ्य उजागर गर्न न्युनतम पनि १५० दिन कुर्नुपर्ने स्पष्ट पारेको हो ।

‘सरकारले यज्ञ प्रसाद गौतमको संयोजकत्वमा ६ सदस्ययीय आयोग गठन गरेको छ, आयोगको प्रतिवेदन नआएसम्म सत्य उजार हुँदैन’, उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भने । समितिले बिमान निर्माता कम्पनी बम्बाडियरसँग जहाजको अवस्था, बंगलादेशको नागरिक उड्डयन प्राधिकरणसँग पाइलटको मेडिकल रिपोर्ट लगायतका कागजागत मगाएर छानविन गर्नेछ ।

‘एयर ट्राफिक कन्ट्रोलर वा पाइलट कसको गल्ति हो ? न जहाजमा पो गडबडी थियो की त्यो पत्ता लाग्न आयोगको प्रतिवेदन कुर्नुपर्छ’, गौतमले भने ।
पत्रकार सम्मेलनमा पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले विमान दुर्घटनामा २२ जनाको जिवित्तै उद्धार गर्न सफल हुनुलाई ठुलो उपलब्धि मान्नुपर्ने बताए । प्राधिकरणले जहाज दुर्घटना भएको २ मिनेट भित्रै उद्धार टोली पुगेको बताएको छ ।

सोमबार २ बजेर १८ मिनेट जाँदा युएस बंगला बिमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गबाट बाहिरिँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो भने २२ जनाको उपचार भैरहेको छ । उनीहरुमध्ये एक जना बाहेक सबैको अवस्था सामान्य रहेको प्राधिकरणले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.