एड्भेन्चर स्पोर्ट्स एक्स्पोमा ७ वटा निजी पर्यटन व्यवसायीहरु सहित नेपालको प्रभावकारी सहभागिता

  २०७४ माघ १७ गते १३:१७     विकासन्युज

काठमाडौं । पाटा नेपाल च्याप्टर,नेपाल पर्यटन बोर्ड तथा नेपाल बायुसेवा निगमको संयोजनमा ७ वटा निजी पर्यटन व्यवसायीहरु सहित नेपालले जनवरी २७ देखि २९ सम्म भारतको नयाँ दिल्लीमा आयोजित एड्भेन्चर स्पोर्ट्स एक्स्पो एशियामा प्रभावकारी सहभागिता जनाएको छ ।

संसारभरी रहेका एड्भेन्चर तथा इको टुरिजम क्षेत्रमा संग्लग्न सबै सरोकारवालाहरुलार्इ एउटै छातामुनी भेलागरी दिगो साहसिक पर्यटनको अवधारणालार्इ प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजित एक्स्पोमा नेपालबाट हिमालयन होलिडेज ट्रेक्किङ्ग, इन्सेन्टिभ होलिडेज, एड्भेन्चर आउटडोर ट्रेक्स एंड एक्स्पेडिसन्, हाइग्राउन्ड एड्भेन्चर नेपाल, हिमालयन कैलाश ट्राभल एंड टुर्स, एवेरेस्ट सम्मिट लजेज र नेपाल सेन्चुरी ट्रेक्स ७ वटा निजी पर्यटन कम्पनीहरुले सहभागिता जनाएका छन् ।

कार्यक्रममा पाटा नेपालका अध्यक्ष्य सुनिल शाक्यले नेपाल, “द अल्टिमेट एड्भेन्चर डेस्टिनेशनस” शिर्षकमा प्रस्तुति दिएका थिए । उनले नेपाली साहसिक खेल तथा साहसिक पर्यटनका आकर्षण तथा सम्भावनाहरुलार्इ चित्रण गर्दै एड्भेन्चर प्रेमीहरुका लागि नेपाल उत्कृष्ट गन्तब्य भएको बताउँदै सबैलाई नेपाल घुम्न आमन्त्रण गरेका छन् र दिगो एड्भेन्चर टुरिजम विकासका लागि क्षेत्रीय तथा अन्तर्रस्ट्रिय रुपमा सबै सरोकारवालाहरु मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् ।

दिगो साहसिक पर्यटन बिकासमा योगदान पुर्याउने हस्तीहरुलार्इ सम्मान तथा अवार्ड प्रदान कार्यक्रममा दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड), सुनिल साक्य (पाटा नेपाल च्याप्टर), बिभुति चन्द ठाकुर (हिमालयन होलिडेज) तथा मेघ आले (नेपाल रिभर कन्जरभेसन ट्रस्ट)लार्इ अवार्ड प्रदान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.