मृगौला, क्यान्सर र प्यारालाइसिस रोगीलाई दिईने ५ हजार भत्ताको कार्यविधी एक हप्ता भित्रै

  २०७४ माघ १० गते ११:४७     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल सरकारले मृगौला, प्यारालाइसिस र क्यान्सरका बिरामीहरुलाई दिने भनिएको ५ हजार रुपैंयाको कार्यविधी स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकृत हरिदास शर्माका अनुसार मन्त्रालयले कार्यविधी निर्माण गरी मन्त्रीपरिषदमा पेस गरेको हो ।अहिले मन्त्रिपरिषदमा राय तथा सुझाव संकलनको कार्य भैरहेको र ४/५ दिनमा कार्यविधी पास हुने चिकित्सा सेवा विभागका प्रमुख भोला राम शर्माले जानकारी दिए ।

गत पुस महिनामा सरकारले मृर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीहरुलाई जिवन यापन सहज बनाउन भन्दै मासिक ५/५ हजार रुपैंया दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषदले कार्यबिधी पास गरेपछि यी रोगका पीडितहरुले मासिक पाँच हजार भत्ता पाउनेछन् । विभागका प्रमुख शर्माले कार्यबिधी पास भए लगत्तै रोगीहरुलाई भत्ता वितरण गर्ने बताए । सरकारले अहिले मृर्गौलाका रोगीहरुलाई त्रिवी शिक्षण अस्पतालमा निःशुल्क डायलाइसिसको व्यवस्था गरेको छ ।

यस्तै प्यारालाइसिसको बिरामीलाई एक लाख रुपैया खर्च दिदैँ आएको छ भने अंग प्रत्यारोपण गर्नका लागी ५ लाख ५० हजार प्रदान गर्दै आएको छ । सरकारले पिडीतहरुलाई दिने भत्ता रकम रक्सी र चुरोट लगायत बस्तुहरुमा थप कर लगाई रकमको स्रोत जुटाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.