महिला आत्मानिर्भको लागि सगरमाथा आरोहण

  २०७४ माघ ५ गते १८:५२     विकासन्युज

 

काठमाडौं । महिला आत्मानिर्भको लागि प्रर्वतारोण भन्ने मुल नारामा साथ वुमन एभरेष्ट एक्पिडिसन २०१८ नाम दिएर ल४ जना महिला सगरमाथाको आरोहण गर्न लागेका छन् ।

यसरी आरोहण गर्नेमा लाक्पा याङजी शेर्पा याङजी शोपा, याङजी शोर्पा र पाशाग ल्हामु शेर्पा हुन् । उनीहरुले आउदो अप्रिल ७ मा पर्वतारोण गर्न लागेका छन् ।

यात्राको नेतृत्व लाक्पा याङजी शोपाले गर्ने भएकी छिन् । उनिहरुले एसेन्ट हिमालयन टेक एण्ड एक्पिडिसन कम्पनी मार्फत पर्वतारोण गर्नेछन् । उनिहरुको प्रवद्धन पर्यटन पत्रकार संघले गर्ने भएको छ ।

उनिहरुको खर्च प्रतिव्यत्ति ३७ लाख ३७ हजर ५सय रुपैयाँ खर्च लाग्ने छ । ५ देखि १३ वर्षसम्म साना साना पर्वतारोण गरेको अनुभबका आधारमा सगरमाथाको आरोहण गर्न लागेका हुन् ।

आउदो ७ अप्रिलबाट सगमाथा पर्वतारोण सुरु गर्ने छन् । मे १८ मा शिखरमा पुग्ने अनुमान गरेका छन् । समयले साथ दियो भने जुन २ मा काठमाडाै फर्किने समय तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.