न्युन ब्याजदरमा ऋण चाहियो ? सम्झनुस् राष्ट्रिय वाणिज्य र स्ट्याण्डर्ड चाटर्ड बैंकलाई

  २०७४ पुष २८ गते १०:२४     विकासन्युज

काठमाडौं । बैंकको महंगो कर्जाका कारण व्यवसाय सञ्चालन गर्न अलमलमा परिरहनु भएको छ ? त्यसो भए तपाई सस्तो कर्जा दिने बैंक तथा वित्तीय संस्था खोजिरहनु भएको होला ?

अब चिन्ता नगर्नुस् सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र वहुराष्ट्रिय निजी क्षेत्रको स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यवसाय गर्न सस्तो कर्जा दिने भएका छन् । दुबै बैंकले सुचना प्रकाशित गरी सबैभन्दा सस्तो ब्याजदरमा कर्जा दिने जानकारी गराएका हुन् । नयाँ ब्याजदर आउदो माघ १ गतेदेखि लागु हुने दुबै बैंकले जानकारी दिएका छन् ।

सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य त्यसपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको छ । राष्ट्रिय वाणिज्यको आधार ब्याजदर (वेस रेट) ५.९८ रुपैयाँ रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट औसत ६ प्रतिशत हारहारीमा कर्जा पाइने देखिएको छ । राष्ट्रिय वाणिज्यले पुस २१ गते प्रकाशित गरेको सुचनामा औसत आधार दर ५.९८ प्रतिशत रहेको जानकारी गराएको छ ।

यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि शुक्रबार सुचना प्रकाशित गरी आधार ब्याजदर ६.२७ प्रतिशत रहेको जानकारी दिएको छ । ६.३० प्रतिशतदेखि माथिको दरमा कर्जा पाइने देखिएको छ । सरकारी बैंक मध्ये राष्ट्रिय वाणिज्य र निजी क्षेत्रको स्ट्याण्डर्डले दिने कर्जाको ब्याजदर सबै भन्दा सस्तो देखिएको छ ।

यस्तै नेपाल बैंकको पनि आधार ब्याजदर पनि ७ प्रतिशत भन्दा तल छ । नेपाल बैंकको कर्जाको ब्याज राष्ट्रिय वाणिज्य र स्ट्ण्याण्डर्ड चाटर्डको भन्दा केही महंगो छ । अन्य वाणिज्य बैंकको तुलनामा नेपाल बैंकको कर्जा सस्तो देखिएको छ । यसअघि सिभिल र जनता बैंकको आधार ब्याजदर साढे ११ प्रतिशतसम्म पुगेकाले महंगो देखिएको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नविल बैंक, नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकको आधार ब्याजदर १० प्रतिशत तल छ ।
अन्य वाणिज्य बैंकले मुद्दतीको ब्याजदर १३ प्रतिशत पुर्याउदा स्ट्याण्डर्ड चाटर्ड र नेपाल बैंकको १० प्रतिशत छ । अधिक तरलता भएपछि राष्ट्रिय वाणिज्य बैंकले मुद्धति निक्षेपको ब्याजदर भने बढाएन् । मुद्दति निक्षेको ब्याजदर बढाएपछि अन्य बैंकको कर्जाको ब्याजदर पनि महंगो देखिएको हो ।

राष्ट्रिय वाणिज्यले सवारीसाधान कर्जा बढीमा ६, घरकर्जा ६, सेयर धितोकर्जा ६ प्रतिशत निर्धारण गरेको छ । बैंकले मुद्धतिमा न्युनतम ३ प्रतिशतदेखि १० प्रतिशत भनेको छ । साधारण वचतमा १.५ देखि ३.२५ प्रतिशत मात्र ब्याज दिने जानकारी दिएको छ ।

यस्तै स्ट्याण्डर्डले घरकर्जा न्युनतम ३ देखि ६, घरकर्जा ३ देखि ६ प्रतिशत रहेको जानकारी दिएको छ । स्ट्याण्डर्डले सामान्य वचतमा १.५ देखि ३.५ र मुद्धतिमा १० प्रतिशतसम्म ब्याज दिने जानकारी गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.