दाङमा वैदिक कृषि केन्द्र स्थापना हुने

  २०७४ मंसिर २५ गते १२:५८     विकासन्युज

काठमाडौं । हजारौँ वर्षदेखि अपनाउदै आएको वैदिक कृषि पद्दतिलाई विर्सदा रासायनिक तत्व मिसिएका अनाजका माध्यमबाट विभिन्न रोग फैलिएकाले आफ्नै पद्दतिमा फर्कनुपर्नेमा जोड दिइएको छ । नेपाल संस्कृत विश्वविद्यालय, महर्षि विश्वविद्यालय अमेरिका र नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिएका हुन् ।

विश्वविद्यालयले वैदिक कृषि पद्दतिलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गर्ने सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा विश्वविद्यालय र अमेरिकाको आयोवास्थित महर्षि वैदिक विश्वविद्यालयले दाङमा वैदिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी दिए ।

“वैदिक कृषिमा आधारित शिक्षा विश्वविद्यालयमा पढाउनुका साथै अनुसन्धान केन्द्रमा सोधखोज गरी यसको उपयोगिता र महत्वका विषयमा प्रकाश पार्ने तयारी छ, विश्वविद्यालय भरभावातित् ध्यानका माध्यमबाट चेतनामा आधारित शिक्षा दिने विषयमा पनि छलफल भएको छ, यस सम्बन्धमा केही दिनमा संस्कृत विश्वविद्यालय र महर्षि विश्वविद्यालय अमेरिकाबीच सम्झौता हुँदैछ”–उनले भने ।

वैदिक कृषि विषयमा हाल अमेरिकामा अध्ययनका साथै खेती पनि भइरहेको सो अवसरमा जानकारी गराइयो । केन्द्र खुलेर यो पद्दति लागू भएपछि नेपाल र अमेरिकाका विद्यार्थी खोज अनुसन्धानका लागि आदानप्रदान समेत हुनेछ । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा, महर्षि विश्वविद्यालय अमेरिकाका पूर्व डीन राजा किङ्स्ले ब्रुक्स, वैदिक कृषिका लागि जापानमा बसी काम गरिरहेका जोन केन एफ, संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रमुख प्राडा काशीनाथ न्यौपाने, विश्वविद्यालय प्राध्यापक संघका प्रा नवराज कट्टेल, विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य अम्बिकाप्रसाद भट्टराईलगायतले वैदिक कृषि र चेतनामा आधारित शिक्षाले संस्कृत शिक्षाको उन्नयनमा सहयोग पुग्ने विचार राखेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.