नेपाल बङ्गलादेश बैंकको थप चार शाखा सञ्चालनमा

  २०७४ मंसिर १९ गते १७:१२     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ५१ औं, ५२ औं, ५३ औं र ५४ औं (अर्थात थप चार) शाखा संचालनमा ल्याएको छ ।

बैंकले जुम्लाको सिन्जाबाट, धनकुटाको भेडेटार, साङ्गुरीगढी तथा तेह्रथुमको छत्तरबाट, रसङ्खुवासभा, पाँचखपन बाट नयाँ शाखाहरुको औपचारिक शुभारम्भ गरेको छ ।

उक्त शाखा सुभारम्भ कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, बैंकका नायव महाप्रबन्धक सुरेन्द्र भुषणको उपस्थिति र बैंकका संचालकहरुको सभापतित्वमा उद्घाटन गरिएको थियो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भेडेटार, साङ्गुरीगढी परिसरमा एटिएम सेवा पनि थप गरेको जानकारी गराएका छन् ।

यी ४ थप शाखाहरु सहित बैंकले ५४ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४८ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.