देवःविकास बैंकद्धारा बृद्धाश्रमलाई आर्थिक सहयोग

  २०७४ कार्तिक २० गते १७:४२     विकासन्युज

काठमाडौं । देवःविकास बैंक लिमिटेडले देवघाटको रोटरी करुणाल बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आश्रमलाई एक लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो ।

सोमबार आयोजित एक कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष शरद गोपाल न्याछ्योलाई बैंकका सहायक महाप्रबन्धक एवं क्षेत्रीय प्रमुख विष्णु रेग्मीले सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले स्वार्थ भन्दामाथी सेवा हो भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै चितवनका प्रतिष्ठित रोटरीयनहरुको पहलमा स्थापना भएको उक्त आश्रमलाई सो मात्राको रकम सहयोग गरेको बताएको छ ।

साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामि दिनहरुमा पनि बैंकले आफ्नो सहयोगलाई निरन्तरता प्रदान गरी रहने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.