काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गः ६ कम्पनीले बनाउँदैछन आर्थिक र प्राबिधिक प्रस्ताव

  २०७४ भदौ १२ गते १४:१९     विकासन्युज

काठमाडौं । काठमाडौं–बिरगञ्ज विद्युतिय रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि ६ वटा कम्पनीले यतिबेला आर्थिक र प्राबिधिक प्रस्ताव धमाधम तयार पारिरहेका छन् ।

रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा आवेदन दिएका १५ कम्पनीबाट छानिएका ६ वटा कम्पनीले आर्थिक तथा प्राबिधिक प्रस्ताव तयारी थालेका हुन् ।

‘छनौटमा परेका ६ वटा कम्पनीसँग सम्भाव्यता अध्ययनको आर्थिक र प्राबिधिक प्रस्ताव मागेका छौं, उनीहरु यतिबेला धमाधम प्रस्ताव तयार पार्ने अभियानमा छन’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने ।

उपाध्यायका अनुसार आगामी सेप्टेम्बर ७ तारिखका दिन ती कम्पनीहरुले शिलबन्दी गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव पेश गर्नेछन् । ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइनेछ ।

त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ ।

यी हुन सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.