बिजुलीको पैसा तिर्न कार्यालय धाउनै नपर्ने, अब घरबाटै तिर्न सकिन्छ

  २०७४ भदौ ५ गते ८:१३     विकासन्युज

काठमाडौं । के तपाइलाई बिजुलीको महशुल तिर्न गर्न घण्टौ लाइनमा बस्नु परेको छ ? बिजुलीको बिल तिर्न लामो समय दिनुपरेको छ ? अब लामो समय लाइनमा बस्नु पर्देन, तपाइले घरमा बसेर बिजुलीको बिल भुक्तानी गर्न सक्नु हुन्छ ।

 

नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई घरमा बसेर बिजुलीको महशुल तिर्न पाउने व्यवस्था गर्न लागेको छ । प्राधिकरणले बिजुलीको बिल अनलाइनबाट भुक्तानी गर्ने प्रविधी जडान गरेकाले घरमा बसेर बिजुलीको महशुल भुक्तानी गर्न पाउने व्यवस्था मिलाएको हो । यसले समय बचत हुनुका साथै महशुल तिर्न कार्यलय धाउनु पर्देन । प्राधिकरणले सोमबारदेखि अनलाइन भुक्तानी प्रणाली सुरु गर्देछ ।
प्राधिकरणको काउन्टरमा गएर ग्राहकले बिजुलीको महशुल भुक्तानी गर्दे आएकोमा अब घरमा बसेर पनि अनलाइनका माध्यमबाट बिजुलीको महशुल भुक्तानी गर्न सकिने छ ।

प्राधिकरणले अनलाइन भुक्तानी प्रणाली लागु गरेपछि रिचार्ज कार्ड पेमेन्ट, र एनी ब्रान्च पेमेन्ट क्रमश देशभरी लागु गर्ने जानकारी दिएको छ । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले विजुलीको शुल्क अनलाईनबाटै तिर्ने प्रणालीको आज सुभारम्भ गर्दैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.