क्षेत्र निर्धारण आयोगलाई २४ सै घण्टा सहयोग गर्न सरकार तयारः प्रधानमन्त्री

  २०७४ साउन १५ गते १८:३८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनतयार गर्न सरकारबाट आवस्यक सबै सहयोग उपलव्ध हुने बताएका छन् ।

आईतबार दिउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्रीलाई भेट्न आएका निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीहरुसँगको बैठकमा उनले आयोगलाई २४ सै घण्टा सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरेका हुन् । ‘तपाईहरु तोकिएकै समयभित्र आफ्नो काम सम्पन्न गर्नुहोस्, तपाईहरुलाई सरकारबाट चाहिने आवस्यक सहयोग २४ सै घण्टा दिन तयार छ’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले माघ ७गते भित्र प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्नको लागि सरकारले तोकेको समयभित्र क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाउने विश्वास पनि व्यक्त गरे । अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद बैठकले २१ दिनको समय अवधि तोकेर क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । आयोगले गत साउन ११ गतेदेखि काम सुरु गरेको छ ।

आयोगका पदाधिकारीहरुले सबै राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गरि छिट्टै विराटनर, जनकपुर, विरगंज, पोखरा, नेपालगंज, सर्खेत र धनगढिमा अध्ययन टोलि खटाउने तयारी गरिरहेको जानकारी प्रधानमन्त्री समक्ष राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.