नेपालको शान्ति प्रक्रिया उदाहरणीय : प्रजातन्त्रवादी नेत्री सुकी

  २०७४ असार २४ गते १०:५३     विकासन्युज

म्यानमार । म्यानमारकी प्रजातन्त्रवादी नेत्री तथा परराष्ट्र मन्त्रि आङ सान सुकीले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय रहेको बताएकी छिन् । नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्वमन्त्री एकनाथ ढकालसँंगको भेटमा नेत्री सुकीले उक्त कुरा बताएकी हुन् ।

म्यानमारको परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेत्री सुकीले प्रत्येक देशमा राजनीतिज्ञ भन्दापनि राजनेता आबस्यक रहेको उल्लेख गर्दै म्यानमारको शान्ति प्रकृयाको सफलताको लागि राष्ट्रिय मेलमिलाप नै मुख्य रहेको बताइन् ।

एमाले नेता एव पूर्व प्रधानमन्त्री नेपालले नेत्री सुकीलाई नेपाल भ्रमणको निम्तो दिदै नेपाल लामो संक्रमण कालको अन्त्य गर्दै शान्ति, विकास र लोकतन्त्रको सस्थागत बिकासमा आसा लाग्दो वाटोतर्फ उन्मुख रहेको जानकारी गराए ।

नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले नेपालको शान्ति प्रकृयाको सफलताको आधार पनि सार्थक संबाद, मेलमिलाप र सम्झौता रहेको उल्लेख गर्दै म्यानमारको शान्ति प्रक्रियाको सफलताको शुभकामना ब्यक्त गरे ।

नेत्री सुकी र नेपाली नेताहरुको भेटमा दुइ मित्र राष्ट्रबीचको आपसी हितको बारेमा कुराकानी भएको म्यानमारका लागि नेपाली राजदुत भिम उदासले जानकारी दिए ।

त्यसैगरी नेपाली दुताबासद्वारा आयोजित भेटघाट कार्यक्रममा म्यान्मारमा लामो समयदेखि बसोबास गर्दै आएका नेपालीहरुले आफुहरुलाई गैर आवासीय नेपालीको रुपमा पहिचान प्रदान गर्न र म्यानमारमा पढाईने नेपाली पाठ्यक्रमलाई नेपाल सरकारले मान्यता प्रदान गर्न पहल गरिदिन पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री ढकालसंँग आग्रह गरेका थिए । नेपाल र ढकाल इन्टरनेश्नल एशोशियसन अफ पार्लियामेनटरिएन फर पिसको कार्यक्रममा सहभागी हुन म्यानमार आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.