अलैची खेतीबाट वार्षिक ५० लाखसम्म आम्दानी

  २०७४ जेठ १० गते १५:३०     विकासन्युज

रामेछाप । अलैचीबाट गत वर्ष राम्रो आम्दानी लिएर हर्षित भएका रामेछाप कुबुकास्थलीका कृषक यस वर्ष अलैचीको भाउ नआउँदा अलैचीनबेची भएका छन् । अलैँचीबाट विशेष मसला बनाउने काम गरिन्छ । यो विशेष गरि नेपाल र भारतका विभिन्न भागमा पाइने बिरुवा हो । अलैँचीले विश्व व्यापारमा नेपालको तर्फबाट राम्रो स्थानसम्म पाएको छ ।

अलैची नेपालका पहाडी र तराई भेगका चिसाइलो भएको जग्गामा लगाईन्छ । रामेछापका अलैँची खेती गर्ने कृषक शिवहरी कार्की भन्छन् “अलैँचीबाट गत वर्ष राम्रो आम्दानी लिएको हो किलोको २४ सयमा बेचेको अलैँची यस वर्ष किलोको १२ सयमा झर्दा समस्या भएको छ ।”

उनका अनुसार अलैँचीलाई पाखो जग्गा केही काम नलाग्ने जग्गामा लगाउन सक्ने भएकाले गर्दा अहिले कुबुकास्थली गा.वि.स.मा जताततै अलैँची मात्र छ । गत वर्ष यस अलैँचीबाट राम्रो आम्दानी लिँदा वैदेशिक रोजगारमा गएका युवाले समेत गाँउ घरमानै जग्गा किनेर अलैँची खेती पनि गर्दै आएका छन् ।

वैदेशिक रोजगारबाट आफ्नै गाँउमा आएर अलैँची खेती गर्दै आएका चन्द्र सुनुवार भन्छन् “मैले विदेशमा महिना भरि काम गर्दा ३० हजार कमाउँथे । अहिले म मेरै गाउँमा नै अलैँची खेती गरेर यस वर्षकै भाउ अर्थात किलोको १२ सयमा बेच्दा पनि १ लाख जति कमाउछु ।’

अलैचीबाट मात्रै १ लाख कमाई हुने,  बोका, खसीबाट पनि राम्रो कमाई हुने उनले बताए । अलैँची खेती गरेर रामेछाप कुबुकास्थलीका कृषकको जीवनस्तर सुधार आएको छ । छोराछोरी पढाउनुको साथै सहरका जग्गा समेत किनेर राख्न थालिसकेका छन् । । कसैले काठमाडौंमा घर पनि बनाएका छन् । यसरी रामेछाप कुबुकास्थलीका कृषकले आर्थिक स्थितीमा धेरै विकास आएको छ । उनीहरुलाई दैनिकी चलाउन समेत सजिलोे भएको छ ।

अलैची खेती गर्दै आएका कुमार शर्मा भन्छन् “मैले आफ्नो सम्पूर्ण जग्गामा अलैँची लगाएर विगत ५ वर्षदेखि हरेक वर्ष ३५ देखि ५० लाख रुपैयाँ फाइदा निकालेको छु । अब यो गाँउमा मलाई सबैले ठूलो मान्छेको रुपमा लिएका छन् किनकी मैले मेरा ७ वटा छोराछोरी काठमाडौँको बोर्डिङ स्कुलमा पढाएको छु र मेरो नयाँ बानेश्वरमा ४ तलाको घर पनि छ ।”
केशर के.सी./प्रशिक्षार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.