जहाजमै साढे दुई अर्ब खर्चदैँ यति एयरलाइन्स, २ वटा एटीआर ७२ जहाज ल्याउँदै

  २०७४ वैशाख ८ गते १०:०६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी यति एयरलाइन्सले जहाज थप्नमै करिब साढे दुई अर्ब रुपैयाँसम्म खर्च गर्ने भएको छ । यो वायुसेवाले एटीआर ७२—५०० नामका ७२ सिट क्षमताको जहाज उक महिनाभित्रै ल्याउने भएको छ ।

जहाज ल्याउने र उडान गर्ने समय तय भैसकेको छ, अब जहाज लिने समयलाई मात्रै आन्तरिक प्रक्रिया पूरा गरेर लिने दिन तय गर्नु बाँकी रहेको यति एयरलाइन्सका बरिष्ठ अपरेशन निर्देशक गोविन्द पौडेलले जानकारी दिए ।

उनका अनुसार २ वटा ७२ सिट क्षमताका एटीआर जहाज ल्याउने र भएका २९ सिट क्षमतको जेटस्ट्रीम भने विस्तारै विस्थापन गर्दै जाने योजना तय भइरहेको उनको भनाइ छ । बजारको आवश्यकता ठूला जहाजमा भएको र आन्तरिक उडानका विमानस्थल पनि स्तरोन्ती हुँदै ठूला जहाज उडान योग्य हुन थालेकोले पनि यतिले आफ्नो रणनीति क्षमता धेरै भएका वायुसेवातर्फ मोडेको पनि उल्लेख छ ।

यो वायुसेवाले मेको तेस्रो सातासम्म जहाज ल्याइसक्ने भएको छ । उनका अनुसार यो जहाजको उत्पादनै अरुभन्दा महंगो भएकोले नयाँ नभएर केही समय उडेको जहाज खोजिएको छ । जहाज तय पनि भैसकेको छ ।

यति स्रोतका अनुसार एउटा ८ वर्ष र अर्को ९ वर्ष पुरानो जहाज फेला परेको छ । सो जहाज नयाँको अहिको बजार मूल्य एउटैको डेढ अर्ब रुपैयाँ छ । यतिले जहाज तय गरेको र संगापुरसम्म जहाज बिक्रेतालाई नै ल्याइदिने र त्यहाँबाट यति आफैंले ल्याउने तय गरेको छ ।
हाल यो वायुसेवासँग ५ वटा २९ सिट र एउटा ३० सिट क्षमताको जेट स्ट्रीम जहाज उडाइरहेको छ । यो वायुसेवाले जहाजको उडान क्षमता बढाउन ७२ सिट क्षमतको जहाज ल्याउने लागेको बताएको छ ।

यो वायुसेवासँगै स्थापना भएको बुद्ध एयरले एटीआर ७२ मात्रै ४ वटा पुर्याईसकेको छ । यो वायुसेवासाग हाल ७ वटा एटीआर रहेको छ । एटीआर जहाज मार्फत नै ५८ प्रतिशत बजार हिस्सा ओगट्न सकेकोले पनि यही वायुसेवासँग प्रतिस्पर्धा गर्ने गरी अरु निजी वायुसेवाले पनि आफ्नो रणनिित बनाउने गरेका छन् ।

मन्त्रालयका अनुसार यो वायुसेवाले ७२ सिट क्षमताका चार वटा एटीआर जहाज ल्याउन अनुमति पाएको छ । हजाज ल्याउन अनुमति पाएको ६ महिनाभित्रै जहाज ल्याउनुपर्ने सर्त मनत्रालयले तोकेको छ । यसले भने पहिले २ वटा ल्याउने र बजारको आवश्यकता बढाएर पुनः थप गर्दै जाने जानकारी दिएको छ

पौडेलले यतिसँग भएको जेटस्ट्रीमलाई विस्थापन गर्नेकै लागि एटीआर ल्याउन लागिएको बताएका छन् । उनका अनुसार एटीआर चलाउँदै जाने र भएका जहाज नयाँ गन्तव्यमा चलाउने वा विक्री गर्ने भन्ने विषयको टुंगो जहाज आएपछि मात्रै लगाउने पनि उल्लेख छ ।

यति एयरले हाल काठमाडौंबाट पोखरा, विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, भद्रपुर, तुम्लिङटारसहितका सहरी क्षेत्रका (सुगम गन्तव्यमा)मा नियमित उडान गरिरहेको छ । यो वायुसेवाले ताराका ७ वटा जहाजमार्फत विभिन्न दुर्गम क्षेत्रका पहाडी गन्तव्यमा पनि उडान गरिरहेको छ । थप भएका जहाजले पनि भएकै गन्तव्यमा उडान गर्ने पनि यो वायुसेवाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.