‘हामी ठूलै मात्राको समानान्तर इकोनोमीमा छौ’ जुन राष्ट्रिय अर्थतन्त्रको लागि घातक हुन्छः युवराज खतिवडा

  २०७३ माघ १६ गते १२:५६     विकासन्युज

yubraj_khatiwadaकाठमाडौं, १६ माघ । नेपालमा ठूलै समानान्तर इकोनोमी कारोबार हुने गरेको विज्ञहरूले बताएका छन् । कानुनी प्रक्रियामार्फत दर्ता भएका तर, राष्ट्रिय लेखामा नदेखिने कारोबारलाई समानान्तर इकोनोमी भनिन्छ । त्यसले मनि सप्लाई र मूल्यको किन सम्बन्ध देखिदैन भने औपचारिक पैसाले मात्र मूल्य निर्धारण गर्ने होइन, अनौपचारिक पैसा त्यसमा रहँदैन ।

त्यो कारोबारको समस्या के हुने हो भने औपचारिक रुपमा त्यस्तो कारोबारको राष्ट्रिय लेखामा नदेखिने भयो भने अर्को त्यसले बजारमा जुन किसिमको माग सिर्जना गर्छ त्यो मागलाई नेपाल राष्ट्र बैंकले क्याप्चर नगर्ने नेपाल राष्ट्र बैंकका गर्भनर डा.युवराज खतिवडाले बताए । नेपालमा भारतीय मूद्रा अनौपचारिक रुपमा चलनचल्तीमा ल्याइदिएकाले त्यसले कमाण्ड गर्ने डिमाण्ड राष्ट्र बैंकले समेट्दैन । त्यहि हुनाले हाम्रो अर्थतन्त्र हाम्रो नीतिले जुन कमाण्डमा राख्नु पर्ने हो त्यो राख्न सक्दैन ।

अनौपचारिक र सामान्तरमा अलि फरक छ । आर्थिक गति विधि भएको तर, रेकर्डमा नआएको हुन्छ भने औपचारिक च्यानलमा भएर पनि नियम, कानुन तथा प्रक्रिया छलेर आर्थिक गतिविधि नै सामानान्तर हो । यो बढी घातक हुन्छ । राज्यले राम्रोसँग नियन्त्रण गर्न सकेन भने यस्तो स्थिति आउँछ । अर्को चाहीँ समानान्तर जुन कानुन तथा नीति छलेर गरिन्छ । औपचारिक च्यानलभित्र पनि नियम कानुन छलेर गरिने आर्थिक प्रक्रिया चाहीँ समान्तर हो ।

दोस्रो प्रकारको समस्याको कारण मोदीले डिमनिटाइजेशन गरेका हुन् । साधारण तया सामान्तर इकोनोमी चल्यो भनेर हो । ‘अनौपचारिक र समानान्तर अर्थतन्तमा फरक छ,’ उनले भने ‘अनौपारिकमा सबै कारोबार हुन्छ तर, रेकडमा भने आएको हुँदैन ।’ नयाँ गतिविधि लाई यसले समेटेको हुँदैन । अनौपचारिक अर्थतन्त्र भनेको औपचारिक अर्थतन्त्र बजारको चलनचल्तीमा नआएको हो । अनौपचारिक कारोबार विश्वका सबै ठाउँमा हुन्छ । तर, दोस्रो चाहीँ शासकीय तथा नीतिगत कमजोरी तथा फालसीहरुका कारण हुने गर्दछ । हामी सबैलाई थाहा छ सहकारी औपचारिक नै क्षेत्र हो । सहकारीमा राखेको पैसाको स्रोतको विवरण खोज्न इम्फोरसमेण्ट गरेनौ भने त्यसमा अनधिकृत पूँजीलाई समेटेको रहेछ भने त्यो अनौपचारिक भएन समान्तर भयो । यस्तो धेरै क्षेत्र हुन्छ जो दर्ता भएर करमा आबद्ध पनि छ तर ऊ त्यहाँको नीति नियम मान्दैन ।

नेपालमा भारतबाट हुने आयातनै ४० प्रतिशत भएको देखाउँछ । भारतबाट आउने सामान १ सय रुपैयामा ६० रुपैयाँको जतिकोमात्र बिल बनाउँछ भारतीय व्यापारीले कर छल्नको लागि । त्यो सामानको पनि हाम्रो भन्सार मूल्याङ्कनमा २० देखि ३० रुपैयाँ मात्र हुन्छ । बजारमा एक सय रुपैयाँ पर्ने भन्सार सामानको भन्सार मूल्याङ्कन अधिकतम ३० रुपैयाँमात्र हो । वाँकी सबै भारु बैकिङ च्यानलभनदा वाहिरबाट लानु पर्यो त्यहाँ भारु चाहिने भयो ।

भारतबाट डलरमै वस्तु आयात गरी न्यून मूल्याङ्कन गरेको भए त्यहाँ पनि डलरै दिनु पर्ने भयो । तेस्रो मुलुकबाट आयात भएका सामानहरुमा पनि त्यहिनै हो । १० प्रतिशतभन्दा बढी भन्सार महसुल भएका सामानमा न्यूनमूल्य निर्धारण गर्ने गरिन्छ । त्यसको भुक्तानको लागि पनि डलर आवश्यक प¥यो । पाँच सात प्रतिशत प्रिमियममा डलर किन्यो र हुण्डीबाट भुक्तान गर्यो । यसले गर्दा नेपालम हुण्डीजस्ता अनधिकृत व्यापार फैलिदै गएको छ र यसको जरो अन्तरर्राष्ट्रियस्तरसम्म फैलिएको हुन्छ ।

देश अनधिकृत पुँजी वाहिर लैजानु पर्यो रेमिट्न्यास उतै पठाउने हो भने वैदेशिक रोजगारी विप्रेषणसँग जोडिएको कारोबारले पनि अनधिकृत व्यापार तथा व्यवसाय गर्न सघाइ रहेको हुन्छ । धेरै ठाउँमा व्यापार गर्ने व्यापारीहरु अवस्थाअनुसार एक ठाउँबाट अर्को ठाउँमा लैजाने पुँजी लैजाने यो गोलचक्रले हुण्डी कारोबारीलाई सहज बनाउने तथा सहयोग पनि गरिरहेका हुन्छन् । रेमिट्यान्स कम्पनीले यो त हाम्रो विवेकमात्र हो रेमिट्यान्स जहाँ पनि पठाउन सक्ने बताउँदै आएका छन् ।

भारतमै प्रिमियम बढी भयो भने व्यापारीले भारतै पनि पठाउन सक्छ । हुण्डीमा प्रिमियम छैन भनेमात्र बैकिङ च्यानदमार्फत पठाउने हो । त्यसैले हामी अघि ठूलै रुपमा समानान्तर इकोनोमीमा छौं । उता हङकङ, सिंगापुर, दुबईमा पनि आफ्नै कम्पनी छ । आफ्नो नभएपनि आफन्तको छ च्यानल मिलेको छ त्यहि भुक्तान गर्यो । समग्रमा तेस्रो मुलुक र भारतको औपचारिक ब्यापार ६० प्रतिशत जति हुँदो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.