लायन्स क्लबको निर्वाचनमा इन्दु लम्सालको उम्मेदवारी

  २०७३ माघ ११ गते १९:३३     विकासन्युज

Indu_lamsalकाठमाडौं, ११ माघ । लायन्स क्लबस इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ वी १ को आगामी चैत्र ५ गते काठमाण्डौमा आयोजना हुने ५ औं राष्ट्रिय महाधिवेसनमा हुने निर्वाचनमा द्धितिय भाइस डिष्ट्रिक्ट गभर्नरको पदका लागि लायन्स क्लब अफ काठमाण्डौ भृकुटीको संस्थापक अध्यक्ष इन्दु लम्सालले उम्मेदवारी दिने भएकी छिन् ।

डिष्ट्रिक्ट ३२५ वी १ को  काठमाण्डौ क्षेत्रका ११० वटा भन्दा बढी क्लबका अध्यक्षहरु, ९० प्रतिशत भन्दा बढी क्याविनेट पदाधिकारीहरु, पोखरा, धौलागीरी, धादिङ्ग र नुवाकोटका सिनियर पदाधिकारीहरु, डिष्ट्रिक्ट गभर्नर वालकृष्ण बुर्लाकोटी करिव ४०० जना बढी लायन्सहरुको उपस्थितिमा लम्सालले आफ्ने उम्मेदवारी घोषणा गरेकी छिन् ।

१६ वर्ष भन्दा बढी लायनवादमा समर्पित लायन लम्साल डिष्ट्रिक्ट ३२५ वी १ मा आवद्ध काठमाण्डौ क्षेत्रका महिला क्लवहरु मध्ये सबभन्दा पुरानो लायन्स क्लव “ लायन्स क्लव अफ काठमाण्डौ भृकुटी ” को संस्थापक अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.