नांगो साबुनको नाममा नयाँ कम्पनीको व्यापारीकरण, कारवाही गर्ने आपुर्ति विभागको घोषणा

  २०७३ माघ ९ गते १४:४४     विकासन्युज

काठमाडौं, ९ माघ । बजारमा लेभल उल्लेख नभएका नांगो साबुनले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पारेका रिपोर्टहरु आईरहेका बेला एउटा साबुन कम्पनीले भने त्यसैलाई व्यापारिकरणको माध्यम बनाएको छ ।

आइतबार एउटा कम्पनीले अधिकांश मुलधारका दैनिक पत्रिकामा झट्ट हेर्दा जनचेतनाका लागि जारि गरिएको जस्तो देखिने विज्ञापन छपाएको छ । जसमा भनिएको छ– कतै तपाईंको नांगो साबुनमा बोसो त छैन ? आफुले प्रयोग गर्ने साबुनमा के छ ? के को लागि प्रयोग गर्ने ? भन्ने थाहा पाउनु हरेक उपभोक्ताको अधिकार हो, त्यसैले सबै जानकारीयुक्त ‘लेबल’ भएको साबुन मात्रै प्रयोग गरौं ।
soap
यो विज्ञापनमा लेबल शब्दलाई बिशेष ढंगले जोड दिएको देखिन्छ । जुन केहि दिनभित्रै नेपाली बजारमा नयाँ ब्राण्डको साबुनका रुपमा आउने तयारी गरिरहेको बुझ्न सकिन्छ । त्यसको तल पनि चार वटा बिभिन्न रंगका नांगो साबुनको चाङ देखाएर नजिकै लेबल लेखिएको खोलयुक्त साबुन देखाइएको छ । अर्को पानामा बिभिन्न काममा प्रयोग भैरहेका नांगो साबुन देखाइएको छ र त्यसका नकारात्मक प्रभावबारे पनि उल्लेख गरिएको छ ।

नांगो साबुनले उपभोक्तालाई नकारात्मक प्रभाव पारेकोबारे जानकारी दिनु राम्रो कुरा भएपनि त्यसका नाममा व्यापार गरिनु गलत भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउँछन् । ‘यो प्रतिष्पर्धी बजारलाई कुण्ठित बनाउने विज्ञापन हो । यस्तो विज्ञापन अनइथिकल पनि हो । राज्य सजग रहनुपर्छ । राज्यले यसलाई नियन्त्रण गर्न सक्नुपर्छ । ब्रोडसिट पेपरले यस्ता विज्ञापन हाल्ने की नहाल्ने भन्नेबारे सोच्नु आवश्यक छ ।’ महर्जनले भने ।

के भन्छ नियामक निकाय ?
बजार नियमनको जिम्मेवारी पाएको आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग भने यस्तो विज्ञापनबारे चासै चासो दिईरहेको छैन् । विभागका महानिर्देशक गोकुल धिताल भन्छन–‘त्यस्तो विज्ञपान गर्न पाइँदैन, सबैका आ आफ्ना इथिक्स हुन्छन, इथिक्स नाघ्नेलाई कारवाही गरिन्छ ।’

उनका अनुसार विज्ञापनको उदेश्य र विज्ञापनदाता कम्पनीका बारेमा खुल्ने जानकारी प्रकाशित तथा प्रसारित विज्ञापनमा हुनु आवश्यक छ । त्यस्तै, कुनै एउटा कम्पनीले आफुलाई राम्रो भन्न पाउने तर अन्यलाई खराब भन्ने अधिकार पनि कसैलाई नभएको उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.