अर्थमन्त्री कृष्णबहादुर महरामाथि लागेका गम्भीर ४ आरोप र उनको खण्डन

  २०७३ माघ ५ गते १७:३९      कृष्णबहादुर महरा

केहि दिनदेखि मेरो नाम जोडेर केहि मिडियाहरुले गम्भिर खाले आरोपहरु लगाईरहेका छन् । खासगरि सुन काण्ड, कर फर्स्यौट आयोग, एनसेल काण्ड र मलेसिया भ्रमणसँग जोडेर त्यस्ता आरोप लगाइएका छन् ।

पहिलो कुरा मलेसिया भ्रमण रहस्यमय भन्ने आरोप गलत छ । मलेसियाका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले नेशनल ट्रान्सफरमेशन प्रोगाम नामको संस्था खोल्नु भएको छ ।

mahara_press_meet

उहाँ केहि समय भित्रै नेपाल आउने योजना छ । चाडो नतिजा दिने उहाँको सिद्धान्त हो । त्यसका लागि उहाँको ल्याब नै रहेछ । त्यो ल्याब हेर्न उहाँले २ पटक निम्ता दिनुभयो । त्यो ल्याब हेर्न म मलेसिया गएको हुँ । बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म ४ वटा प्रेजेन्टेशन हेरेँ ल्याबमा ।

निमन्त्रणा पत्र पनि मसँग सुरक्षित छ । दिउँसो अकस्मत, मैले सोचेको पनि थिइँन, मास र्यापीड ट्राञ्जिट भन्ने मेट्रो रेलको उद्घाटन रैछ । उनले मलाई त्यहाँ जाने र मलेसियाका प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गर्ने व्यवस्था मिलाए ।

मलेसियामा २ जना अर्थमन्त्री हुने रहेछन् । हामी कहाँ अर्थ सचिव र राजश्व सचिव भए जस्तै त्यहाँ राजश्व र अर्थमन्त्री गरि २ जना अर्थमन्त्री हुने रहेछन् । राजश्व मन्त्री छुट्टै रहेछन अनि प्रधानमन्त्रीले नै अर्थमन्त्रालय हेर्ने रहेछन् । उनीहरुसँ भेट भयो । मैले विप्रेषणको बिषयमा पनि उनीहरुसँग कुरा गरेँ ।  अर्काे दिन मैले मलेसियामा भएको बिद्रोहको संग्रहालय अवलोकन गरेको हुँ । त्यसकारण यो मलेसिया भ्रमण रहस्यमय भन्ने कुरा सरासर गलत हो ।

दोश्रो कुरा सुन तस्करीका बिषयमा अर्थमन्त्रालय माथि अर्थ समितिमा पनि धेरै कुरा उठ्यो । म माथि पनि आरोप लगाउने प्रयास भयो । अर्थमन्त्रालय मातहतको भन्सार विभाग दोषी छ भन्ने सबैको कुरा रह्यो । मैले पोखराको अर्थमन्त्रालयकै एक कार्यक्रममा भनेको थिए, हाम्रो अर्थमन्त्रालयको भन्सार विभागका कर्मचारी दोषी हुन सक्छन् । दोषीमाथि कारवाही हुन्छ । दोषी को हुन छानबिनले देखाउँछ । सिआइबीले पनि छानबिन गरिरहेको छ । र मन्त्रालयले पनि छानबिन गरिरहेको छ । मैले त्यसमा भनेको कुरा हाम्रा कर्मचारीको संलग्नता हुन सक्छ, यदि त्यस्तो हो भने पनि त्यो टेक्निकल खालको हो । भूरा माछा खालको हो ठूला माछा खालको होइन भन्ने मेरो भनाई थियो । ठूलो माछा अलि अर्कै खालको हो, यिनले गरेको गल्ती भनेको भूरा खालको मात्रै हो तै पनि कारवाही हुन्छ भन्ने मेरो कुरा थियो । तर यहाँ त मेरो कुरालाई अर्कै ढंगले बङग्याएर राजनीतिक प्रतिशोध राखेर समाचार अाए ।

तेश्रो कुरा जहाँसम्म कर फर्स्यौट आयोगको सवाल छ, त्यसमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षले २० जनाको टोली लिएर कर फर्यौट आयोग बनाउनु पर्यो भनेर निवेदन दिनु भयो । मैले त्यो निवेदन हाम्रा दुबै जना सचिवहरुलाई राखेर सोँधे । हाम्रो छलफल भयो र निष्कर्षमा अहिले कर फर्स्यौट आयोग बनाउनु आवश्यक नपर्ने निष्कर्ष निकाल्यो । त्यसमा कुनै निर्णय भएको छैन् । कुनै भ्रममा नपर्दा हुन्छ । उद्योग बाणिज्य महासंघ भनेको निजी क्षेत्रको ठूलो संस्था हो । उनीहरुको मागलाई के गर्ने ? सुन्ने कि चुप लाग्ने भन्नेबारे छलफल भैरहेको छ । तत्काल निर्णय गरिहाल्नु पर्छ भन्ने हामीलाई लागेको छैन् ।

चौथो कुरा भनेको एनसेलको करको हो । यसमा पनि मसँग जोडिएर धेरै कुरा आएको छ । म स्पष्ट पार्न चाहान्छु, एनसेलको एक रुपैंयाँ कर पनि छोडिन्न । त्यो सबै असुलिन्छ । सार्वजनिक लेखा समितिले कर कार्यालयलाई पत्र लेखेर व्याख्या गरेन भनेछ । कर अधिकृतले कर कसले कति तिर्ने हो भनेर व्याख्या गर्ने हो । क्रेता र बिक्रेताले कति कर तिर्ने हो भन्ने कर अधिकृतले व्याख्या गर्छन । त्यो हिसाब किताब होला तर एक रुपैंयाँ पनि छोडिन्न भन्न चाहान्छु । (अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले दिएको स्पष्टिकरण)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.