Latest News

२०७६ फाल्गुन १८ गते १:४१

काठमाडौं । अपि पावर कम्पनीले आगामी चैत ७ गते १६औं वार्षिक साधारणसभाको मिति तय गरेको छ । साे प्रयाेजनकाे लागि संस्थाले चैत १ गते (शनिबार) बुक क्लोज गर्ने भएकाे छ । सभामा कम्पनीले सेयरधनीलाई बोनस सेयर वितरणका साथै हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव लैजाँदै छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । जुन बोनसदर कर बाहेकको हो । त्यस्तै, सेयरधनीलाई १ बराबर ०.४६७ को अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । जुन रकमको आधारमा ५६ करोड ७० लाख रुपैयाँ हुन आउँछ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ । ...

२०७६ फाल्गुन १५ गते २:४१

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई हालको चुक्ता पुँजीको सो मात्रामा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले अनुमति दिए बमोजिम संस्थाले कूल ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । संस्थाले अंकित मूल्य एक सय रुपैयाँ दरले ११ लाख ४१ हजार एक सय ४० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । संस्थाले चुक्ता पुँजी वृद्धि गर्नको लागि हकप्रद सेयर जारी गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्ने छ । ...

२०७६ फाल्गुन १४ गते १२:३१

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गरेको छ । सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मिर्मिरेले फागुन १३ गतेदेखि लागु हुने गरी नागबेली लघुवित्तलाई प्राप्ति गरेको हो । मिर्मिरे लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेपलान्चोकको बनेपा बजारमा रहेको छ । त्यस्तै, नागबेली लघुवित्तको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा रहेको छ । ...

२०७६ पौष ८ गते १२:५२

काठमाडौं । सिन्धु विकास बैंकको वार्षिक साधारणसभा(एजीएम) पुस २९ गते हुने भएको छ । संस्थाकाे एजीएम साे दिन मंगलबार सिन्धुपाल्चोककाे  बार्हबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभा हलमा बस्न लागेकाे हाे । सभामा जाने प्रयोजनका लागि संस्थाकाे पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुने भएकाे छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बुक क्लाेज र साधारणसभाकाे मिति ताेकेकाे हाे । सभाले शेयरधनीलाई ११.५१ प्रतिशत बोनश शेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, कर प्रयोजनको लागि हालको चुक्ता पुँजीको ०.५७५६ प्रतिशत अर्थात २८ लाख ७८ हजार ६३४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सामान्य प्रस्तावलाई स्वीकृत गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ...

२०७६ पौष ४ गते ३:०८

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको आगामी पुस १४ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले सभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । संस्थाको आगामी अर्थात ५औं वार्षिक साधारणसभा पुस २५ गते बस्दै छ । उक्त सभा सो दिन बिहान साढे ११ बजे बुटवलमा बस्दै छ । ...

२०७६ पौष २ गते १:१३

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर मंसिर ३० गते बाँडफाँड गरेको छ । संस्थाले गत असोज २७ गतेदेखि मंसिर १ गतेसम्म जारी गरेको सो मात्राको शेयर बाँडफाँड गरेको हो । संस्थाले भदौ ३१ गतेसम्म कायम रहेका शेयरधनीलाई एक बराबर दुईको अनुपातमा प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरको १२ लाख १३ हजार ४४० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये रितपूर्वक आवेदन दिने ५ हजार ४३३ जना शेयरधनीलाई १० लाख ५१ हजार ३८० कित्ता शेयर बाँडफाँड गरेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । बाँकी एक लाख ६२ हजार ६० कित्ता शेयर लिलामीबाट बिक्री गर्ने कम्पनीले जनाएको छ । साथै, संस्थाले बाँडफाँडमा नपरेको हकप्रद शेयर बापतको रकम पुस ३ गतेदेखि फिर्ता गर्ने बताएको छ । ६ करोड ६ लाख रुपैयाँ रहेको यस संस्...

२०७६ मार्ग ३० गते १:३६

काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले आगामी पुस २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित यूनाईटेड वर्ल्ड ट्रेड सेन्टरमा बस्ने भएको छ । सो प्रयोजनको लागि हाइड्रोले पुस ११ गतेदेखि पुस १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । सभाले शेयरधनीलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत नगद लाभांश(कर सहित) दिने प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । ...

२०७६ मार्ग २६ गते २:२८

काठमाडौं । पोखरा फाइनान्सले आगामी पुस १८ गते वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । सो प्रयोजनको लागि संस्थाले पुस ४ गतेदेखि पुस १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सभाले संस्थाको प्रस्तावित १४.२० प्रतिशत लाभांश पारित गर्दै छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ७.२० प्रतिशत नगद र ७ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी ९० करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांशदर संस्थाले गत दुई वर्ष वितरण गरेको तुलनामा बढी हो । अघिल्लो वर्ष संस्थाले शेयरधनीलाई १३.६८४ प्रतिशत लाभांश वितरण गरेको थियो । ...

२०७६ मार्ग २६ गते १२:४८

काठमाडौं । मञ्जुश्री फाइनान्सले शेयरधनीलाई ११.५५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ९.८० प्रतिशत नगद लाभांश र १.७५ प्रतिशत बोनस शेयर गरी कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । १.७५ प्रतिशत बोनस शेयर पछि फाइनान्सको चुक्ता पुँजीले ८१ करोड ८१ लाख रुपैयाँ नाघ्ने छ । ...