आरएमडीसी लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७६ चैत्र ७ गते १२:१३       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार ९ लाख ९९ हजार २ सय ४८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

हाल संस्थाको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।