एकैदिन दुई संस्थाको बोनस सेयर सूचीकृत

  २०७६ चैत्र ४ गते ६:५६       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन दुई संस्थाको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मात्रै  गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र आईसीएफसी फाइनान्सको गरी कूल ५ लाख १५ हजार ७ सय ४६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

जसमध्ये सबैभन्दा बढी आईसीएफसी फाइनान्सको रहेको छ । फाइनान्सको ४ लाख ४३ हजार २ सय ९६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

त्यस्तै, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४ सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।