मिर्मिरेले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने, ११ दिन बुक क्लोज

  २०७६ चैत्र ३ गते १२:१२       विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त संस्थालाई प्राप्ति(एक्विजिशन) गर्ने भएको छ । सो प्रयोेजनको लागि संस्थाले आगामी चैत ७ गते देखि १७ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

मिर्मिरे लघुवित्तको संचालक समितिको बैठकले उक्त संस्था प्राप्ति गर्ने सम्बन्धि गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई संस्थाको आगामी विशेष साधारणसभाले पारित गर्ने छ । संस्थाको विशेष साधारणसभा आगामी चैत १७ गते बस्दै छ ।

मिर्मिरे लघुवित्तको हालको चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको ४५ प्रतिशत बोनस सेयर बाहेकको चुक्ता पुँजी हो । संस्थाको गत पुस २८ गते सम्पन्न नवौं वार्षिक साधारणभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।