एनआईसी एशिया लघुवित्तले साढे ४७ करोडको आईपीओ निष्काशन गर्ने

  २०७६ चैत्र ४ गते ६:३९       विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार(चैत ४ गते) मात्रै यस संस्थालाई सो मात्राको आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले दिएको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

सो मात्राको आईपीओ निष्कासन गर्न संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।