नेको इन्स्योरेन्सको नगद लाभांश शंसोधन, अब कति दिन्छ ?

  २०७६ चैत्र ९ गते १:२१       विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सको प्रस्तावित नगद लाभांश शंसोधन भएको छ । बीमा समितिले कम्पनीको ८.४२ प्रतिशत नगद लाभांश प्रस्तावलाई शंसोधन गरी कर सहित ८.१६ प्रतिशतमा झारेको हो ।

यससँगै कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट ८.१६ प्रतिशत नगद लाभांश पाउने छन् ।

कम्पनीको आगामी वार्षिक साधारणसभा आगामी वैशाख १ गते(सोमबार) हुने भएको छ । सो प्रयोजनको लागि इन्स्योरेन्सले चैत २४ गतेदेखि आगामी वैशाख १ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयरधनीलाई १० करोड ७४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । जसमा कर प्रयोजनको लागि ५३ लाख ७३ हजार ७ सय ३५ रुपैयाँ छुट्याइएको छ ।