देवः विकास बैंकको बोनस घोषणा

  २०७६ चैत्र २ गते २:२४       विकासन्युज

काठमाडौं । देवः विकास बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव फागुन ३० गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको बोनस पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख ९ सय २७ रुपैयाँ रहेको छ । ८.५५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ३ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ ।