सिन्धु विकास बैंकले तोक्यो एजीएमकाे मिति, १६ गतेदेखि बुक क्लोज

  २०७६ पौष ८ गते १२:५२       विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको वार्षिक साधारणसभा(एजीएम) पुस २९ गते हुने भएको छ । संस्थाकाे एजीएम साे दिन मंगलबार सिन्धुपाल्चोककाे  बार्हबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभा हलमा बस्न लागेकाे हाे ।

सभामा जाने प्रयोजनका लागि संस्थाकाे पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुने भएकाे छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बुक क्लाेज र साधारणसभाकाे मिति ताेकेकाे हाे ।

सभाले शेयरधनीलाई ११.५१ प्रतिशत बोनश शेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, कर प्रयोजनको लागि हालको चुक्ता पुँजीको ०.५७५६ प्रतिशत अर्थात २८ लाख ७८ हजार ६३४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सामान्य प्रस्तावलाई स्वीकृत गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ ।