प्रुडेन्सियल इन्स्योरेन्सले १८ गतेदेखि हकप्रद जारी गर्दै, यस्तो छ कम्पनीको अवस्था

  २०७६ फाल्गुन १५ गते २:०४       विकासन्युज

काठमाडौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर फागुन १८ गतेदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट ६० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको कम्पनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म उक्त सेयर जारी गर्न लागेको हो ।

बोर्डले गत पुस २९ गते कम्पनीलाई ३८ लाख ४९ हजार एक सय २० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले पुँजी वृद्धि गर्नको लागि सो मात्राको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।

उक्त सेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

हकप्रद सेयर निष्काशनकाे लागि कम्पनीले सेयरधनी किताब खाता माघ २७ गते बन्द गरिसकेको छ । सो भन्दा अघिल्लो दिनसम्म उक्त सेयर कायम रहने सेयरधनीहरु १०० रुपैयाँ अंकित मूल्य भएको हकप्रद सेयर भर्नका लागि योग्य हुनेछन् ।

उक्त सेयरलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड फोर प्लस प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहेको जनाउँछ । यसले तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

कहाँ कहाँ बाट भर्न सकिन्छ ?