Latest News

२०७७ ज्येष्ठ १ गते १०:१९

काठमाडौं । सेयर बजार आज(बिहीबार)बाट पुनः बन्द हुने भएको छ । लकडाउनको बीचमा दुई दिन खुलेको बजार बिहीबारबाट पुनः बन्द गराउन नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)लाई निर्देशन दिएको हाे । धितापत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कोरोनाको संक्रमित बढ्दै गएको र लकडाउन पनि थप कडा भएकोले बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको बताएका छन् । ‘यसअघि लकडाउन केही खुकुलाे थियाे । बैंक तथा वित्तीय संस्थाहरू सबै खुल्न थालेका थिए । त्यसैले बजार खाेल्ने निर्णय गरि बजार खाेलेका थियाैं । तर पछिल्लाे समय काराेना संक्रमितकाे संख्या बढ्दै गयाे । बैंक तथा वित्तीय संस्थाहरू पनि केही मात्रमा खुल्ने भए । लगानीकर्तालाइ पनि असज हुने भयाे । त्यसैले, पुनः बजार बन्द गराउने  निर्णय गरेका हाैं ।’- अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । अब याे लकडाउन खुकु...

२०७७ वैशाख ३१ गते ११:४६

काठमाडौं । बुधबार सेयर कारोबार खुलेको ३९ मिनेटमै नेप्से परिसूचकमा सर्किट ब्रेक लागेको छ । साे दिन ११ बजेर ३९ मिनेटमै नेप्से परिसूचक २४.५८ अंक अर्थात २ प्रतिशतले बजार घटेर सर्किट ब्रेक लागेको हो । यससँगै आजको लागि सम्पूर्ण सेयर कारोबार बन्द भएको छ । नेप्से परिसूचक निरन्तर घटेर १२०१.५७ अंकमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.३५ अंकले घटेर २६० अंकमा झरेको छ । बजारमा कूल ३६ लाख १३ हजार ५ सय २३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो अवधिमा ७४ कम्पनीको १० हजार ५ सय २६ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको ८ लाख ६२ हजार कित्ता सेयर कारोबार भएको छ । सो दिन लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा सर्किट लागेको छ । उनीहरुको सेयर मूल्य ३ प्रतिशतले घटेर सर्किट ब्रेक लागेको हो । त्...

२०७७ वैशाख ३१ गते १०:५६

काठमाडौं । मंगलबारको बजारमा ५२.९० प्रतिशत कारोबार अनलाइनबाटै भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार लकडाउनको अवधिमा पहिलो दिन खुलेको बैशाख ३० गतेको बजारमा ५ सय ८४ लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरेका हुन् । सो दिन कूल एक हजार ६ सय ७१ जना लगानीकर्ताले सेयर कारोबार गरेका थिए । करिब एक घण्टा आधा कारोबार भएको बजारमा कूल १० करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबरको एक लाख ६ हजार ४ सय १२ कित्ता सेयर किनबेच भएको छ । सो अवधिमा २ सय ९२ कारोबारबाट ८७ कम्पनीको उक्त मात्राका सेयर कारोबार भएको हो । यससँगै, अनलाइन कारोबारको लागि युजरनेम र पासवर्ड लिनेको संख्या बढेको छ । बैशाख ३० गतेसम्म अनलाइन कारोबार गर्नका लागि २७ हजार एक सय एक लगानीकर्ताले युजरनेम तथा पासवर्ड लिएका नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । ...

२०७७ वैशाख ३० गते १२:३०

काठमाडौं । ५०औं दिनपछि खुलेको मंगलबारकाे सेयर बजारमा सर्किट ब्रेक लागेको छ । बजार खुलेको करिब साेढे एक घण्टामै नेप्से परिसूचक २५ अंकले अर्थात २.०२ प्रतिशतले बजार घट्दै सर्किट ब्रेक लागेको हो । यससँगै आजकाे लागि सेयर कारोबार बन्द भएको छ । नेपाल धिताेपत्र बाेर्डकाे नयाँ नियम अनुसार कारोबारको अवधि नसकिँदै २ प्रतिशतभन्दा बढी प्रतिशतले घटेपछि आजको लागि काराेबार बन्द भएकाे हाे । बजार दिनमा २ प्रतिशत भन्दा तलमाथि भएमा साे दिनकाे लागि काराेबार बन्द गरिने बाेर्डकाे नयाँ व्यवस्था रहेकाे थियाे । यस अवधिमा ८७ कम्पनीकाे १० कराेड ४३ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । साे अवधिमा कूल एक लाख ६ हजार ३ सय १२ कित्ता सेयर किनबेच भएकाे छ । बजारमा सबैभन्दा बढी नागरिक लगानीकाेषकाे सेयर काराेबार भएकाे छ । काेषकाे कूल ८ कराेड ८८ लाख ५७ हजार ५ सय ९० रूपैयाँ बराबर...

२०७७ वैशाख ३० गते ११:२४

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन वटा संस्थाको सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै हिमालयन जनरल इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । जसमध्ये हिमालयन जनरल इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयर पछिको मूल्य सामायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ तोकिएको छ । त्यस्तै, ६ प्रतिशतपछि मूल्य समायोजन भएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १०८ रुपैयाँ तोकिएको छ । त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ५ सय १२ रुपैयाँ रहेको छ । ...

२०७७ वैशाख २९ गते ८:०१

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ्ग(सीडीएससी)ले सेयर कारोबारको राफसाफ तथा फछ्र्यौट सेवाको जानकारीका लागि सहायता कक्ष(हेल्प डेक्स) स्थापना गरेको छ । यससँगै, लगानीकर्ता तथा अन्य सरोकारवालाहरुले मंगलबारदेखि हुन लागेको कारोबारको राफसाफ तथा फछ्र्यौट सेवा सम्बन्धी जानकारी लिन सीडीएससीले प्रदान गरेको दुई नम्बर तथा ईमेल ठेगानामा सम्पर्क गर्न सक्नेछन् । कोभिड-१९ को प्रकोपबाट बच्न नेपाल सरकारद्धारा जारी गरिएको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन तथा मापदण्डहरुलाई पालना गरी सामाजिक दूरी कायम गरी मंगलबार बैशाख ३० गतेदेखि धितोपत्र बजार खुल्ने भएको छ । ...

२०७७ वैशाख २९ गते ४:१०

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले सेयर बजारका गुनासाहरु समाधानका लागि ‘हेल्प डेक्स’ स्थापना गरेको छ । धितोपत्रको दोश्रो बजार कारोबारमा आउन सक्ने सम्भावित गुनासोहरु समाधानका लागि नेप्सले ‘हेल्प डेक्स’ स्थापना गरेको हो । यससँगै, लगानीकर्ताले कारोबार गर्दा कुनै समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न सक्ने नेप्सेका सहायक प्रवक्ता आकृति दंगालले जानकारी दिएकी छिन् । बजारमा लामाे समयपछि भाेलि(मंगलबार)देखि सेयर काराेबार हुने भएकाे छ । लकडाउनकाे अवधिमा खुल्ने भएकाे बजारमा अनलाइन काराेबार हुने भएकाे छ । उक्त काराेबार गर्दा केही समस्या तथा गुनासा आएमा लगानीकर्ताले उक्त नम्बरमा सम्पर्क गर्न सक्नेछन् । View Fullscreen ...

२०७७ वैशाख २८ गते ८:५९

काठमाडौं । धितोपत्रको दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले डिम्याट खाता अद्यावधिक(बीओआईडी अपडेट) गराउनै पर्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबारदेखि सेयर किनबेच गर्नको लागि आफ्नो डिम्याट खाता अपडेट गराउन लगानीकर्तालाई आग्रह गरेको हो । लगानीकर्ताले कारोबारको आदेश प्रविष्टि गरेपछि निजको सेयर निक्षेप खातामा रहेको मौज्दात अनिवार्य जाँच गर्ने व्यवस्था रहेको हुनाले नेप्सेले उक्त आग्रह गरेको हो । यसको मतलब अब सेयर बिक्री गर्ने लगानीकर्ताले बिक्री गर्नको लागि अर्डर दिँदा उसको खातामा प्रयाप्त सेयर छ कि छैन भनेर अगाडि चेक गरिने नेप्सेले बताएको छ । यससँगै, लगानीकर्ताले एउटा डिम्याटलाई एउटा कारोबार खातासँग मात्र आवद्ध गराउन सक्ने नेप्सेले बताएको छ । जारी लकडाउनको बाबजुत पनि सेयर कारोबार आगामी बैशाख ३० गतेदेखि सुचारु हुने भएको छ । ...

२०७७ वैशाख २८ गते २:४५

काठमाडौं । लकडाउनअघि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार भएको सेयरको राफसाफ तथा फछ्र्यौट २०७७ बैशाख २९ गते(सोमबार)देखि हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गले एक सूचना मार्फत दोश्रो बजारमा लकडाउन अघि कारोबार भएका सेयरको राफसाफ सोमबारदेखि नियमित हुने जानकारी दिएको हो । साथै, सिडिएसीले सरकारको निर्देशन अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी/गराई, सामाजिक दूरी कायम गरी गराई धितोपत्र सम्बन्धी सेवा एक तिहाइ कर्मचारीद्धारा सञ्चालन गर्ने निर्णय अनुसार अबको कारोबारको राफसाफ नियमित गर्ने जनाएको छ । आगामी बैशाख ३० गतेदेखि दुई घण्टाको लागि सेयर कारोबार सञ्चालन हुने भएको छ । नेप्सेमा लकडाउन अघि अर्थात २०७६ चैत ९ गते आइतबार भएको कारोबारको राफसाफ हुन बाँकी रहेको सीडिएससीका अध्यक्ष चन्द्रसिंह साउदले जानकारी दिएका छन् ।  जुन भाेलिदेखि हुने भएका...