सेयर काराेबार गर्दा समस्या आएमा यो नम्बरमा कल गर्नुस्

  २०७७ वैशाख २९ गते ४:१०       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले सेयर बजारका गुनासाहरु समाधानका लागि ‘हेल्प डेक्स’ स्थापना गरेको छ । धितोपत्रको दोश्रो बजार कारोबारमा आउन सक्ने सम्भावित गुनासोहरु समाधानका लागि नेप्सले ‘हेल्प डेक्स’ स्थापना गरेको हो ।

यससँगै, लगानीकर्ताले कारोबार गर्दा कुनै समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न सक्ने नेप्सेका सहायक प्रवक्ता आकृति दंगालले जानकारी दिएकी छिन् ।

बजारमा लामाे समयपछि भाेलि(मंगलबार)देखि सेयर काराेबार हुने भएकाे छ । लकडाउनकाे अवधिमा खुल्ने भएकाे बजारमा अनलाइन काराेबार हुने भएकाे छ । उक्त काराेबार गर्दा केही समस्या तथा गुनासा आएमा लगानीकर्ताले उक्त नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।