सेयर राफसाफको बारेमा जानकारी चाहिए यी नम्बरमा कल गर्नुस्- सीडीएससी

  २०७७ वैशाख २९ गते ८:०१       विकासन्युज

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ्ग(सीडीएससी)ले सेयर कारोबारको राफसाफ तथा फछ्र्यौट सेवाको जानकारीका लागि सहायता कक्ष(हेल्प डेक्स) स्थापना गरेको छ ।

यससँगै, लगानीकर्ता तथा अन्य सरोकारवालाहरुले मंगलबारदेखि हुन लागेको कारोबारको राफसाफ तथा फछ्र्यौट सेवा सम्बन्धी जानकारी लिन सीडीएससीले प्रदान गरेको दुई नम्बर तथा ईमेल ठेगानामा सम्पर्क गर्न सक्नेछन् ।

कोभिड-१९ को प्रकोपबाट बच्न नेपाल सरकारद्धारा जारी गरिएको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन तथा मापदण्डहरुलाई पालना गरी सामाजिक दूरी कायम गरी मंगलबार बैशाख ३० गतेदेखि धितोपत्र बजार खुल्ने भएको छ ।