Latest News

२०७७ वैशाख १५ गते १२:४१

काठमाडौं । हाल जारी रहेको लकडाउन आगामी वैशाख २५ गतेसम्मको लागि थपिएको छ । सरकारले यस अघि बैशाख १५ गतेसम्म लकडाउन गर्ने भनेको थियो तर कोरोनाको संक्रमित बढ्दै गएपछि लकडाउनलाई पनि थप १० दिनको लागि जारी गरेको हो । लकडाउन शुरु भएसँगै सेयर बजार पनि पनि पुरै ठप्प छ । बजार गत चैत १० गतेदेखि हालसम्म अर्थात बैशाख १५ गतेसम्म निरन्तर बन्दै छ । बैशाख १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले आगामी थप १० दिनको लागि लकडाउन जारी गर्ने निर्णय गरेको छ । यससँगै, सेयर बजार चाहिँ के हुन्छ भन्ने लगानीकर्तामा कौतुहलता भएको छ । यससम्बन्धि केही लगानीकर्ता लकडाउन अवधिभर बजार बन्द हुनुपर्छ भनेर बसीरहेका छन् भने केही लगानीकर्ता भने बजार खुलाउनु पर्छ भन्ने तिर लागेका छन् । यसैबीच धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ठुंगानाले भने बजार अझै १० दिनसम्म बन्द हुने बताएका छन् । विकासन्युज...

२०७७ वैशाख ३ गते ५:२२

काठमाडौं । सेयर बजार लकडाउन अवधिभर बन्द हुने भएको छ । सरकारले लकडाउनकाे अवधि थप बढाएपछि बैशाख ३ गते बसेको नेप्से सञ्चालक समितिले बैशाख १५ गतेसम्म सम्पुर्ण सेयर बजार बन्द गर्ने निर्णय गरेको हो । नेप्सेले यस अघि लकडाउन अवधिभर अर्थात् बैशाख ३ गतेसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । सरकाले हाल जारी रहेको लकडाउनलाई पुनः वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेसँगै नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो । कोरोना संक्रमितको संख्या बढेसँगै सोमबार बसेको मन्त्रि परिषद्को बैठकले लकडाउनको अवधि थपेको हो । कोभिड-१९को विश्वव्यापी माहामारीको कारणले परिस्थिति असहज भएकाले कारोबार प्रणाली बन्द गर्ने भएको हो । धितोपत्र दलाल व्यवसायी, लगानीकर्ता, बजार सञ्चालक एवं सम्बद्ध सबै पक्षहरुको हितलाई ध्यानमा राख्दै उक्त दिनसम्म ...

२०७६ चैत्र ९ गते २:५४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ । बैंकले चैत १० गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा गर्न लागेको उक्त विशेष साधारणसभा हाललाई स्थगित गरेको हो । विश्वभरी फैलिएको कोरोना भाइरस(कोभिड-१९)को जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै उक्त सभा स्थागित भएको हो । यस बैंकको संचालक समितिको चैत ८ गते शनिवारका दिन सम्पन्न ३३० औं बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारण सभा हाललाई स्थगित गरिएको कुरा बैंकले जनाएको छ । यसबाट शेयरधनीहरुलाई पर्न गएको असुबिधा प्रति बैंक क्षमाप्राथि रहेको छ । बैंकले हाल आफ्ना ९४ वटा शाखा, ९४ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्र...

२०७६ चैत्र ९ गते १:२१

काठमाडौं । नेको इन्स्योरेन्सको प्रस्तावित नगद लाभांश शंसोधन भएको छ । बीमा समितिले कम्पनीको ८.४२ प्रतिशत नगद लाभांश प्रस्तावलाई शंसोधन गरी कर सहित ८.१६ प्रतिशतमा झारेको हो । यससँगै कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट ८.१६ प्रतिशत नगद लाभांश पाउने छन् । कम्पनीको आगामी वार्षिक साधारणसभा आगामी वैशाख १ गते(सोमबार) हुने भएको छ । सो प्रयोजनको लागि इन्स्योरेन्सले चैत २४ गतेदेखि आगामी वैशाख १ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयरधनीलाई १० करोड ७४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । जसमा कर प्रयोजनको लागि ५३ लाख ७३ हजार ७ सय ३५ रुपैयाँ छुट्याइएको छ । ...

२०७६ चैत्र ७ गते ३:१०

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंक र अपी पावर कम्पनीको वार्षिक साधारणसभा स्थगित भएको छ । विश्वभर काेराेनाकाे त्रास बढ्दै गएका कारण यी दुबै संस्थाले एक सूचना मार्फत आ-आफ्नो साधारणसभा स्थगित गरेकाे जानकारी दिएका हुन् । सेञ्चुरी कर्मसियल बैंकले आगामी चैत १४ गते आफ्नो नवौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो । त्यस्तै, अपी पावरको पनि चैत ७ गते(आज) हुने भनिएको १६औं वार्षिक साधारणसभा स्थिगित भएको हाे । यी दुबै कम्पनीले शुक्रवार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि हाललाई साधारण सभा स्थगित गरिएको जानकारी दिएका हुन् । कोरोना भाइरस (कोभिड-१९) महामारीको रुपमा फैलिएकोले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते बसेको बैठकले एकै ठाउँमा २५ ज...

२०७६ चैत्र ७ गते १२:१३

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार ९ लाख ९९ हजार २ सय ४८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न पाइने छ । हाल संस्थाको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । ...

२०७६ चैत्र ७ गते १०:२०

काठमाडौं । शुक्रबार एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १७.१० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ । झापाको अर्नामनीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी ६९ करोड २६ लाख ७४ हजार रुपैयाँ रहेको छ । हाल संस्थाको बजार पुँजीकरण २ अर्ब ५९ करोड ७५ लाख २७ हजार ५ सय रुपैयाँ रहेको छ । ...

२०७६ चैत्र ६ गते ४:२९

काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबारको नेप्से परिसूचक १३.५० अंकले बढेर १२६९.३० बिन्दुमा पुगेको छ । जुन १.०८ प्रतिशतको वृद्धि हो । बुधबारको तुलनामा बिहीबारको बजारमा ७२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बुधबार एक अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बिहीबार एक अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३१ करोड ३३ लाख ५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा केही समूह हरिया देखिएका छन् भने केही राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १४० अंकले उकालो ला...

२०७६ चैत्र ५ गते ६:३३

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको साधारण सेयर (आईपीओ) खुलेको २ दिनमै माग भन्दा बढी आवेदन परेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेण्ट बैंकिङका अनुसार बुधबार साँझसम्ममा २ अर्ब ४४ करोड २७ लाख रुपैयाँ बराबरको आवेदन परिसकेको छ । सो अवधिसम्ममा एक लाख ८७ हजार २ सय जनाले कूल २ करोड ४४ लाख २७ हजार कित्ताको लागि आवेदन दिइसकेका छन् । जुन कम्पनीको माग भन्दा ६२ प्रतिशत बढी हो । कम्पनीले चैत ५ गते (मंगलबार) मात्रै एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । निष्कासन गरिएको पहिलो दिनमा नै २७ हजार ३५९ जना आवेदकले ४२ लाख ४० हजार २९० कित्ता सेयरकाे लागि आवेदन दिएका बिक्री प्रबन्धकले जनाएकाे छ । कम्पनीले जारी गरेकाे कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएकाे छ । ...