सेयर किनबेच गर्न डिम्याट खाता अपडेट गर्नै पर्ने, यस्तो छ नेप्सेको आग्रह

  २०७७ वैशाख २८ गते ८:५९       विकासन्युज


काठमाडौं । धितोपत्रको दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले डिम्याट खाता अद्यावधिक(बीओआईडी अपडेट) गराउनै पर्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबारदेखि सेयर किनबेच गर्नको लागि आफ्नो डिम्याट खाता अपडेट गराउन लगानीकर्तालाई आग्रह गरेको हो ।

लगानीकर्ताले कारोबारको आदेश प्रविष्टि गरेपछि निजको सेयर निक्षेप खातामा रहेको मौज्दात अनिवार्य जाँच गर्ने व्यवस्था रहेको हुनाले नेप्सेले उक्त आग्रह गरेको हो । यसको मतलब अब सेयर बिक्री गर्ने लगानीकर्ताले बिक्री गर्नको लागि अर्डर दिँदा उसको खातामा प्रयाप्त सेयर छ कि छैन भनेर अगाडि चेक गरिने नेप्सेले बताएको छ ।

यससँगै, लगानीकर्ताले एउटा डिम्याटलाई एउटा कारोबार खातासँग मात्र आवद्ध गराउन सक्ने नेप्सेले बताएको छ ।
जारी लकडाउनको बाबजुत पनि सेयर कारोबार आगामी बैशाख ३० गतेदेखि सुचारु हुने भएको छ ।