बोनसपछि तीन संस्थाको सेयर मूल्य समायोजन

  २०७७ वैशाख ३० गते ११:२४       विकासन्युज


काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन वटा संस्थाको सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै हिमालयन जनरल इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

जसमध्ये हिमालयन जनरल इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयर पछिको मूल्य सामायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, ६ प्रतिशतपछि मूल्य समायोजन भएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १०८ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ५ सय १२ रुपैयाँ रहेको छ ।