मंगलबार एक करोड बढीको सेयर कारोबार, ९ प्रतिशतले बढ्यो दुई संस्थाको सेयर मूल्य

  २०७७ श्रावण १३ गते ३:२४       विकासन्युज

काठमाडौं । मंगलबारको बजारमा एक करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा एक सय ८५ कम्पनीको ३२ लाख ४७ हजार कित्ता सेयर उक्त रुपैयाँमा किनबेच भएको हो ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको १० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ६६ रुपैयाँ रहेको छ ।

बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य क्रमशः ९.९४ र ९.०९ प्रतिशतले बढेको छ ।

मंगलबारको सेयर बजार ७.५९ अंकले घटेर १४५४ अंकमा झरेको छ । जुन सोमबारको तुलनामा ०.५२ प्रतिशतले घटी हो ।

बजारमा म्युचअल फण्ड र फाइनान्स समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी ५७.६१ अंकले ओरालो लागेको छ ।