सोल्टी होटलको एक करोड कित्ता बोनस सेयर सूचीकृत

  २०७७ श्रावण २२ गते १२:२६       विकासन्युज

काठमाडौं । सोल्टी होटलको एक करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । होटलको बिहीबार मात्रै सो मात्रा अर्थात १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ ।

यो समाचार तयार पार्दासम्म बिहीबारको बजारमा कम्पनीको सेयर मूल्य २ रुपैयाँले बढेर प्रतिकित्ता एक सय ५६ रुपैयाँ पुगेको छ ।