Latest News

२०७७ श्रावण १३ गते २:००

काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । मंगलबारमात्रै (साउन १३ गते) संस्थाको २ लाख ४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । ...

२०७७ श्रावण १३ गते १:३९

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २६ लाख ३४ हजार ४ सय ८० कित्ता सेयर सूचीकृत भएको छ । साविकको आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । संस्थाको उक्त सेयर मंगलबार(साउन १३ गते) सूचीकृत भएको छ । यससँगै, बुधबार(साउन १४ गते)देखि कम्पनीको सेयर दोश्रो बजारमा कारोबार गर्न पाइने भएको छ । पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ४ सय ४८ रुपैयाँमा किनबेच हुने संस्थाले जनाएको छ । ...

२०७७ श्रावण ११ गते १:१५

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकको ४६ लाख ७६ हजार २ सय ५ कित्ता सेयर सूचीकृत भएको छ । सहयोगी विकास बैंकलाई प्राप्ती पश्चात बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । ८ करोड ६२ लाख २१ हजार कित्ता सेयर सूचीकृत भएको कम्पनीको सेयर मूल्य दुई सय एक रुपैयाँ रहेको छ । जसको बजार पुँजीकरण १७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । ...

२०७७ श्रावण ८ गते ३:१८

काठमाडौं । बिहीबारको बजारमा एक अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बुधबारको तुलनामा २१ करोड रुपैयाँ घटी हो । बुधबारको बजारमा एक अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बिहीबार एक सय ८७ कम्पनीको ३३ लाख ९२ हजार ९ सय ६९ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पनुर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । ११ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको कम्पनीकोे सेयर मूल्य प्रतिकित्ता ५ सय ४५ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ३ सय ४२ रुपैयाँ रहेको छ । कारोबार अवधिभर केहि उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक १०.१३ अंकले बढेर १४४२.६१ अंकमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि सामान्य अं...

२०७७ श्रावण ८ गते २:४६

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार वटा लघुवित्त वित्तीय संस्थाको ४६ लाख ६१ हजार ३५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै स्पर्श लघुवित्त वित्तीय संस्था, समता लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्थाको गरी सो मात्राको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये डिप्रोक्स लघुवित्तको सबैभन्दा बढी सेयर नेप्सेमा थपिएको छ । संस्थाको २३ लाख २० हजार २ सय ३१ कित्ता अर्थात ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, साना किसानको २१ लाख ४१ हहजार ९ सय ४५ कित्ता अर्थात २७.२५ प्रतिशत बोनस सूचीकृत भएको छ । त्यसैगरी, स्पर्श लघुवित्तको एक लाख ७ हजार ८ सय ५१ कित्ता(१३ प्रतिशत) र समता लघुवित्तको ९१ हजार ८ अर्थात ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर दाे...

२०७७ श्रावण ७ गते ३:२१

काठमाडौं । बुधबारको सेयर बजार १७.५० अंकले घटेको छ । कोरोबार खुलेको केहि समय उतारचढाव देखिएको बजार त्यसपछि निरन्तर घटेर १४३२ अंकमा झरेको छ । जुन मंगलबारको तुलनामा १.२१ प्रतिशतले घटी हो । दोहोरो अंकले घटेको बजारमा साँढे एक अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा एक सय ८३ कम्पनीको ३५ लाख ८६ हजार कित्ता सेयर एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कारोबारमा आएका दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७१ अंकले घटेको छ । होटल र म्युचअल फण्ड समूह क्रमशः १३४ र ०.०७ अंकले उकालो लागेको छ । बुधबार तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । ओरियन्टल होटलको मूल्य १० प्रतिशत, तारागाँउ रिजेन्सी होटलको ९.९५ प्रतिशत र सोल्टी होटलको सेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ । ...

२०७७ श्रावण ७ गते १०:३०

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको एक लाख ५ हजार ८ सय ६१ कित्ता संस्थापक(प्रमोटर) सेयर साधारण सेयरमा परिणत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ । ...

२०७७ श्रावण ६ गते ११:००

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ५ कम्पनीको कूल ३७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । दुई दिनको अवधिमा सो मात्राकोे बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आइतबार ४ कम्पनी र सोमबार एक कम्पनीको गरी पाँच कम्पनीको बोनस नेप्सेमा थपिएको हो । आइतबार मात्रै किसान माइक्रोफाइनान्स वित्तीय संस्था, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, चौतारी लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको र सोमबार देवः विकास बैंकको २७ लाख १६ हजार ४ सय २१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये किसान माइक्रोफाइनान्सको २३.९५ प्रतिशत अर्थात २ लाख ५ हजार ९ सय ९२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । आरम्भ माइक्रोफाइनान्सको ७.३८ प्रतिशत अर्थात ४४ हजार २ सय ८० कित्ता र चौतारी लघुवित्त वित्तीय संस्थाको एक लाख ३० हजार २ सय कित्ता (७ ...

२०७७ श्रावण ५ गते ३:२९

काठमाडौं । पछिल्लाे दुई साता अघिदेखि निरन्तर बढेको सेयर बजारमा सोमबार ब्रेक लागेको छ । सोमबार मात्रै अस्वभाविक रुपमा बढेर दुई पटक सर्किट ब्रेक लागेर खुलेको बजार त्यसपछिको कारोबारमा भने करेक्सन आएको हो । बजार खुलेको केहि सेकेन्डमै ४ प्रतिशतले बढेपछि पहिलो सकारात्मक सर्किट लागेको बजार २० मिनेटको लागि बन्द भएको थियो । त्यसपछि पुनः खुलेको बजार करिब एक मिनेट अर्थात बिहान ११ बजेर २१ मिनेटमै ५ प्रतिशतले बढेर पुनः दोश्रो सकारात्मक सर्किट लागेको थियो । साेमबारकाे नेप्से चार्ट सो अवधिपछि दिउँसो १२ बजेर १ मिनेटमा खुलेको बजारमा विस्तारै सम्हालिँदै अन्ततः १४.०९ अंकले घटेर १४६४.९४ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.९५ प्रतिशतले घटी हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८४ अंकले घटेर ३ सय ९ अंकमा झरेको छ । सोमबार कूल १८१ क...