४२ अंकले घट्यो नेप्से, बीमामा पहिरो आउँदा सबै समूह राताम्मे

  २०७७ श्रावण १८ गते ३:३५       विकासन्युज

काठमाडौं । आइतबारको नेप्से परिसूचक ४२.७८ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको परिसूचक २.९७ प्रतिशतले घटेर १३९६ अंकमा झरेको छ ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्ट पनि ८.१८ अंकले घटेर २ सय ९२ अंकमा झरेको छ ।
साताको पहिलो कारोबारमा बीमा समूहमा भारी गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा २ सय ८३ अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा २ सय ३१ अंकले घटेको छ । सो दिन कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । म्युचअल फण्ड समूह सामान्य अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् ।

आइतबार सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ९.७२ प्रतिशत गुमाएका छन् ।

बजारमा कूल एक सय ८९ कम्पनीको ४६ लाख ६१ हजार ६ सय ८ कित्ता सेयर एक अर्ब ८४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ८६ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

दाेहाेराे अंकले घटेको बजारमा पनि ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, अजोड इन्स्योरेन्सको ९.९७, नेपाल फाइनान्सको ९.६३ र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ९.४१ प्रतिशतले बढेको छ ।