२३ अंकले घट्यो नेप्से, काराेबारमा आएका सबै समूह राताम्मे

  २०७७ श्रावण १४ गते ३:२७       विकासन्युज


काठमाडौं । बुधबारको नेप्से परिसूचक २३.३६ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशतले घटेर १४३१ अंकमा पुगेको छ ।

बजारमा कूल एक अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभर एक सय ८७ कम्पनीको ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता सेयर सो मात्रामा कारोबार भएको हो । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको १५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ८४ रुपैयाँ पुगेको छ ।

दाेहाेराे अंकले घटेकाे बजारमा कारोबार आएका सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी १९० अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा १५९, होटल ५९, माइक्रोफाइनान्स ५५, उत्पादनमूलक ४९, बैंकिङ र विकास बैंक २१ अंकले घटेको छ ।