समीट लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७७ श्रावण १८ गते ४:५०       विकासन्युज


काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आइतबार मात्रै कूल ४ लाख ४३ हजार कित्ता(२१.१० प्रतिशत) बाेनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हाल २५ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेकाे छ । पछिल्लो समय संस्थाको सेयर प्रतिकित्ता ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।