२०७ कम्पनीमा पाँच वटा वाणिज्य बैंकमात्रै राम्रो !

  २०७६ जेठ २४ गते १४:५६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचिकृत २०७ कम्पनीमध्ये ५ वटा वाणिज्य बैंक मात्र अब्बल देखिएका छन् । नेप्सेले वर्गिकरण गरेको सूची अनुसार ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, एनएमबि र सनराइज बैंकमात्रै ‘ए’ वर्गमा परेका कारण अन्यभन्दा अब्बल मानिएका हुन् ।

नेप्सेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सूचिकृत कम्पनीहरुलाई विभिन्न चार वर्ग(ए, बी, जी र जेड)मा वर्गिकरण गरेको छ । जसअनुसार ‘ए’ वर्गमा जम्मा ५ कम्पनी परेका छन् भने ‘बी’ वर्गमा कुनै पनि कम्पनी परेका छैनन् ।

नेप्सेले तयार पारेको सूचीअनुसार सबैभन्दा धेरै कम्पनी ‘जेड’ वर्गमा परेका छन् । जसमा ६८ वटा कम्पनी परेका छन् । त्यस्तै, ‘जी’ वर्गमा ३४ कम्पनी परेका नेप्सेले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५’ गत २०७५ साउन १ गतेदेखि कार्यान्वयमा ल्याएको थियो । सोही व्यवस्थाअनुरुप संगठित संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी ए, बी, जी र जेड गरी चार वर्गमा वर्गिकरण गरिएको नेप्सेले जनाएको छ ।

सोही अनुसार हाल जम्मा ५ वटा वाणिज्य बैंकमात्र चुक्तापूँजी, प्रतिफल, नियम परिपालना लगायतको क्षेत्रमा अब्बल देखिएको मानिन्छ ।

कुन कम्पनी कुन वर्गमा परे :