स्वरोजगार लघुवित्तको नाफा १८० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ४१ रुपैयाँ

  २०७६ कार्तिक १८ गते १९:२८     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८० प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक करोड रुपैयाँ नाफा कमाएको थियो ।

संस्थाले गत साउनदेखि असोज मसान्तसम्म प्रतिसेयर ४१.६९ रुपैयाँ(वार्षिकिकरण) कमाएको छ । त्यस्तै, मूल्य अम्दानी अनुपात १२.९५, प्रतिसेयर नेटवर्थ १५६.८८, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३४८ र तरलता अनुपात ११.८५ प्रतिशत रहेको छ ।

हाल संस्थाको चुक्ता पुँजी २६ करोड ९५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १५ करोड ३३ लाख रुपैयाँ संचित रहेको छ । असोजसम्म बैंकको निक्षेप संकलन ५१ करोड ६९ लाख रुपैयाँले बढेर एक अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा प्रवाह ८८ करोड ८८ लाखले बढेर तीन अर्ब १७ करोड रुपैयाँ कायम भएको छ ।

त्यस्तै, संस्थाको निष्कृय कर्जा(एनपीएल) बढेर ०.९८ प्रतिशत, कष्ट अफ फण्ड १०.१७ प्रतिशत, सिडी रेसियो घटेर २२८.८१ प्रतिशत कायम रहेको छ ।