नयाँ नेपाल लघुवित्तले दिने भयो २१ प्रतिशत लाभांश

  २०७६ कार्तिक २० गते १४:०७     विकासन्युज

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश दिने भएको हो ।

संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा आगामी हुने साधारण सभाले पारित गरेपश्चात सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ८ करोड ४० लाख रहेको छ । २० प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी १० कराेड नाघ्ने छ ।