नयाँ नेपाल लघुवित्तको नाफा ९३ प्रतिशतले बढ्यो

  २०७६ कार्तिक १८ गते १८:४९     विकासन्युज

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले ९३.०२ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २१ लाख ९४ हजार नाफा गरेको संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैयाँ नाफा गरेको हो । जुन रकमका आधारमा २० लाख ४१ हजार रुपैयाँ बढी हो ।

साउनदेखि असोजसम्ममा संस्थाले १७ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने ९८ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा दुबैमा वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा संस्थाले ८ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ४३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी(वार्षिकिकरण गर्दा) २०.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९९.०१, प्रतिसेयर नेटवर्थ १५७.५०, प्रति सेयर कुल सम्पतिको मूल्य १३३७.१२ रुपैयाँ र तरलता अनुपात ११.५८ रहेको छ ।

खुद ब्याज आम्दानीमा २४ लाख १६ हजारले सुधार भई एक करोड १३ लाख आर्जन भएको छ । त्यस्तै, कूल सञ्चालन अम्दानी ९१ लाख ८६ हजारले बढेर दुई अर्ब १७ करोड ७३ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा एक करोड २५ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

लघुवित्तको निष्कृय कर्जा अनुपात २.३१ बाट घटेर १.१५ प्रतिशतमा झरेको छ । त्यस्तै, कष्ट अफ फण्ड ११.९० प्रतिशतबाट बढेर ११.९८ प्रतिशतमा पुगेको छ ।