कन्काई विकास बैंकको बिहीबारदेखि बुक क्लोज

  २०७६ जेठ २३ गते १२:०८     विकासन्युज

काठमाडौं । कन्काई विकास बैंक लिमिटेडकोे आज(बिहीबार)देखि बुक क्लोज भएको छ । प्राइम कमर्शियल बैंकसँग एक्वायर हुने प्रयोजनको लागि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यस संस्थाको बुक क्लोज भएको हो ।

प्राइम र कन्काईबीच एक्वायर गर्ने सम्बन्धि बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता भएसँगै कन्काईको बिहीबारदेखि बुक क्लोज भएको हो ।

साथै, यी दुई संस्थाबीच एकिकृत कारोबार नभएसम्म कन्काईको बुक क्लोज हुने छ ।