एनआईसी एसिया बैंकको डिबेन्चर मंगलबार बाँडफाँड

  २०७४ पुष २५ गते १८:४७     विकासन्युज

काठमाडौं ।एनआईसी एसिया बैंकले ल्याएको डिबेन्चरको मंगलबार बाँडफाँड भएको छ ।

बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर पुस १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो ।

डिबेन्चरधनीले सोही मितिबाट अर्धवार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् । वार्षिक ९ प्रतिशत ब्याजदर रहेको डिबेन्चर ७ वर्षमा परिपक्व हुनेछ ।

डिबेन्चरको कारोबार गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने बैकले जनाएको छ ।

सुचिकृत भएपछि डिबेन्चरको दोस्रो बजारमा कारोवार गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.