२०७४ पुष २५ गते १८:४७ विकासन्युज
काठमाडौं ।एनआईसी एसिया बैंकले ल्याएको डिबेन्चरको मंगलबार बाँडफाँड भएको छ ।
बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर पुस १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो ।
डिबेन्चरधनीले सोही मितिबाट अर्धवार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् । वार्षिक ९ प्रतिशत ब्याजदर रहेको डिबेन्चर ७ वर्षमा परिपक्व हुनेछ ।
डिबेन्चरको कारोबार गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने बैकले जनाएको छ ।
सुचिकृत भएपछि डिबेन्चरको दोस्रो बजारमा कारोवार गर्न सकिने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.