२०७४ वैशाख २७ गते ९:०३ विकासन्युज
काठमाडौं । जनता बैंक नेपालले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने पुरानो निर्णय रद्द गरेको छ बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १ गते सम्पन्न ७ औं वार्षिक साधारणसभामा भएको हकप्रद सेयर निष्काशन सम्बन्धि निर्णय फिर्ता लिने र यसलाई अनुमोदन गर्न विशेष साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको हो ।
बैंकले आगामी जेठ १३ गतेको लागि विशेष साधारणसभा बोलाएको छ । विशेष साधारणसभामा सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने, प्राप्तिको क्रममा दुई बैंकबीचको स्वाप रेसियो १ बराबर १ कामय गर्ने र हकप्रद सेयर निष्काशन प्रक्रिया रद्द गर्ने प्रस्ताव पेश गरिने भएको छ ।
सिद्धार्थ डेपभलमेन्ट बैंकलाई प्राप्ति गरेपछि २०७४ असार मसान्तभित्र नेपाल राष्ट्र बैंकको निर्देशन बामोजिम चुक्ता पुँजी पुग्ने भएकोले सातौं वार्षिक साधारणसभाबाट पारित हकप्रद सेयर निष्काशन सम्बन्धि निर्णय अगाडि नबढाउने निर्णय भएको बैंकले जनाएको छ ।
जनता बैंकले मात्र होइन, अरु पब्लिक कम्पनीहरुले पनि एउटा साधारणसभाबाट भएको निर्णय अर्को साधारणसभाले खारेज गर्ने अभ्यास गरिरहेका छन् । यसले पब्लिक कम्पनीका साधारणसभाले गरेका निर्णयहरुको विश्वसनियतामा गम्भिर प्रश्न उब्जिएका छन् । तर पुँजी वृद्धि गर्ने र बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नाममा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले पनि गम्भिर प्रकृतिको विकृतिमा मलजल गर्दै आएको जानकारहरु बताउँछन् ।
सम्बन्धीत अन्य समाचारहरु
६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णयबाट पछि हट्दै जनता बैंक
Copyright © 2024 Bikash Media Pvt. Ltd.