२५ करोडको विदेशी कागती नेपाली भान्छामा, के गर्छन् २ तिहाई जनता ?

  २०७३ चैत १४ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल दुई तिहाई जनता कृषिमा संलग्न भएको मुलुक हो । तर पनि चामल, तरकारी र फलफुल लगायतका कृषि उपजकै आयातमा बर्षेनी १० औं अरब खर्च भैरहेको छ । चामल, तरकारी र फलफुल त प्राथमिक आवश्यकताका उपज नै भए । तर नेपालले कागतीको आयातमै बर्षेनी करोडौं खर्चिरहेको छ र यो श्रृंखला बढिरहेको पनि छ ।

नेपालले आर्थिक बर्ष २०७२/७३ मा मात्रै २५ करोड ६७ लाख रुपैंयाँको कागती आयात गरेको छ । यो आँकडा पाँच बर्ष अघिको भन्दा ३४० दशमलब ३० प्रतिशतले बढि हो । पाँच बर्ष अघि अर्थात आव २०६८/६९ मा ५ करोड ८३ लाख मूल्य बराबरको कागती आयात भएको थियो । तर पाँच बर्षको अन्तरालमा त्यो आँकडा १९ करोड ८४ लाखले बढेर २५ करोड ६७ लाख पुगेको हो ।

आव २०७१/७२ मा २४ करोड २६ लाख रुपैंयाँको कागति आयात भएको देखिन्छ । जुन अघिल्लो आवमा १७ करोड ४८ लाख थियो । आव २०६९/७० मा यो मात्रामा ९ करोड ६ लाख मात्रै थियो । किनकी एक बर्षमै ५ अर्ब ८ करोड रुपैंयाँ बराबरको आलु नेपाल भित्रिएको छ । जुन तपाई हाम्रै भान्छामा प्रयोग भैरहेको हुन सक्छ । गत आर्थिक बर्ष २०७२र७३ मा मात्रै ५ अर्ब ८ करोड मुल्य बराबरको विदेशी आलु नेपालीका भान्छामा पुगेका छन् ।

यसरी नेपालीका भान्छामा विदेशी आलु भित्रिने क्रम पनि बर्षेनी वृद्धि भैरहेको छ । पाँच बर्ष अघि नेपालीले २ अर्ब १५ करोडको आलु खाएका थिए । तर पाँच बर्षपछि त्यो १३६ दशमलब २७ प्रतिशतले बढेर ५ अर्ब ८ करोड पुगेको छ ।आव २०७२/७३ मा मात्रै ५ अर्ब ८ करोड रुपैंयाँ बराबरको आलु नेपाल भित्रिएको थियो ।

त्यस्तै, सोही आर्थिक बर्षमा ६४ करोड १० लाख ६९ हजार ४ सय ६० रुपैंयाँको विदेशी खुर्सानी नेपाल भित्रिएको थियो । सो मूल्य बराबरको ८ लाख ६४ हजार १ सय ४१ किलो खुर्सानी नेपाल भित्रिएको हो । नेपालमा आलु, खुर्सानी, व्याजसँगै कागतिको आयात पनि निरन्तर बढिरहेको देखिन्छ । दुई तिहाई जनता कृषि पेशामा आवद्ध भएको मुलुकमा यति ठुलो मात्रामा कृषि उपज आयात हुनुले अम्भिर संकट उन्मुख अर्थतन्त्रको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.